धनुषा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडाअधिवेशन हुन सकेन । सातमध्ये छ वटा प्रदेशमा कांग्रेसको वडाअधिवेशन शुरु भइसके पनि प्रदेश २ मा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन शुरु हुन नसकेको हो ।
कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए । कांग्रेसको निर्वाचन तालिका अनुसार भदौ १८ गते वडाअधिवेशन, २० गते पालिकास्तरीय अधिवेशन, असोज २ गते प्रदेश, ५ गते निर्वाचन क्षेत्र तथा १० गते जिल्ला अधिवेशन हुने कार्यतालिका छ ।
कांग्रेस धनुषाका सभापति गिरीकाअनुसार धनुषामा नविकरणसम्बन्धी विवाद नरहेपनि नयाँ सदस्यतासम्बन्धी विवाद रहेको छ । धनुषाको निर्वाचन क्षेत्र नं।१ र ४ को सदस्यता विवाद रहेको उनले बताए । गिरीले भने , “दुवै क्षेत्रको विवाद समाधान भए लगत्तै धनुषामा पनि वडाअधिवेशन छिट्टै शुरु हुनेछ।”
प्रदेश २ को आठ वटै जिल्लामा एक साताभित्रै वडाअधिवेशन हुने प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश २ कांग्रेस संसदीयदलका नेता रामसरोज यादवले जानकारी दिए । उनले प्रदेशभरिको क्रियाशिल सदस्यतासम्बन्धी विवाद समाधान गर्नका लागि प्रयास भइरहेको र चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ भदौ २०७८, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस
काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय
काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै