धनुषा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडाअधिवेशन हुन सकेन । सातमध्ये छ वटा प्रदेशमा कांग्रेसको वडाअधिवेशन शुरु भइसके पनि प्रदेश २ मा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन शुरु हुन नसकेको हो ।
कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए । कांग्रेसको निर्वाचन तालिका अनुसार भदौ १८ गते वडाअधिवेशन, २० गते पालिकास्तरीय अधिवेशन, असोज २ गते प्रदेश, ५ गते निर्वाचन क्षेत्र तथा १० गते जिल्ला अधिवेशन हुने कार्यतालिका छ ।
कांग्रेस धनुषाका सभापति गिरीकाअनुसार धनुषामा नविकरणसम्बन्धी विवाद नरहेपनि नयाँ सदस्यतासम्बन्धी विवाद रहेको छ । धनुषाको निर्वाचन क्षेत्र नं।१ र ४ को सदस्यता विवाद रहेको उनले बताए । गिरीले भने , “दुवै क्षेत्रको विवाद समाधान भए लगत्तै धनुषामा पनि वडाअधिवेशन छिट्टै शुरु हुनेछ।”
प्रदेश २ को आठ वटै जिल्लामा एक साताभित्रै वडाअधिवेशन हुने प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश २ कांग्रेस संसदीयदलका नेता रामसरोज यादवले जानकारी दिए । उनले प्रदेशभरिको क्रियाशिल सदस्यतासम्बन्धी विवाद समाधान गर्नका लागि प्रयास भइरहेको र चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ भदौ २०७८, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक जारी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुन्छ: काँग्रेस
कांग्रेस पदाधिकारी बैठक बस्दै
कार्यालय विस्तार गर्न काँग्रेसले १९ आना जग्गा किन्दै