मजदुरले पनि साथ दिएनन् यातायात व्यवसायीलाई

पत्रपत्रिकाबाट

विहीबार, ०६ बैशाख २०७५, ०७ : ३८
मजदुरले पनि साथ दिएनन् यातायात व्यवसायीलाई


काठमाडौं । सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन् । यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन् ।

उनीहरुले हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिका कार्यान्वयन हुनुपर्ने बताए । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।
समाचारमा लेखिएको छ, नेपाल यातायात व्यवसायी महासंघले बैशाख २७ गतेदेखि सार्वजनिक यातायातका सान बन्द गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस