सिरियामा रहेका नेपाली महिला फर्कन मानेनन्

पत्रपत्रिकाबाट

विहीबार, ०६ बैशाख २०७५, ०६ : ५८
सिरियामा रहेका नेपाली महिला फर्कन मानेनन्

काठमाडौं । हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार (हाउससमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा  सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

सिरियाली द्वन्द हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो ।

दूतावासका प्रवक्ता सुजन बिडारीले भने,
-उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं ।
-तर, उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन् ।
-उनीहरु आफ्नो काममा खुसी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस