काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । नेता पौडेलले सामाजिक संजालमा भिडियो मार्फत सन्देश जारी गर्दै ढिलै भए पनि महाधिवेशन हुन लागेको भन्दै संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व छान्न आव्हान गरेका छन् ।
वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले भिडियो सन्देश जारी गरेका हुन् । उनले सन्देशमा कार्यकर्ताहरूलाई सही निर्णय लिन आह्वान गरेका छन् ।सन्देशमा उनले भनेका छन्,“यो अवस्थामा हामीले नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने र कांग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा हामीले काम र हाम्रो पार्टीलाई सबल, चिन्तनशील र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यक छ ।”
उनले त्यो अवश्यकतामा केन्द्रित भएर वडादेखि नै नेतृत्व चयनमा ध्यान दिन अपिल गरेका छन् । “सम्पूर्ण साथीहरूलाई यो घडीमा अपिल गर्न चाहन्छु कि हामीले सानातिना निजी कुरा बिर्सेर हाम्रो महान् लक्ष्यलाई ध्यानमा राख्दै, हामीले गर्दै आएको कठिन संघर्षलाई कसरी मूर्तरूप दिलाउने ? कसरी लोकतन्त्रलाई संस्थागत गर्ने ? कसरी यो देशको समृद्धिलाई अघि बढाउन कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने ?,” पौडेलले भिडियो अपिलमा भनेका छन्, “यो कुरामा चिन्तित र गम्भीर हुुँदै आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न म सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछु ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस