काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । नेता पौडेलले सामाजिक संजालमा भिडियो मार्फत सन्देश जारी गर्दै ढिलै भए पनि महाधिवेशन हुन लागेको भन्दै संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व छान्न आव्हान गरेका छन् ।
वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले भिडियो सन्देश जारी गरेका हुन् । उनले सन्देशमा कार्यकर्ताहरूलाई सही निर्णय लिन आह्वान गरेका छन् ।सन्देशमा उनले भनेका छन्,“यो अवस्थामा हामीले नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने र कांग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा हामीले काम र हाम्रो पार्टीलाई सबल, चिन्तनशील र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यक छ ।”
उनले त्यो अवश्यकतामा केन्द्रित भएर वडादेखि नै नेतृत्व चयनमा ध्यान दिन अपिल गरेका छन् । “सम्पूर्ण साथीहरूलाई यो घडीमा अपिल गर्न चाहन्छु कि हामीले सानातिना निजी कुरा बिर्सेर हाम्रो महान् लक्ष्यलाई ध्यानमा राख्दै, हामीले गर्दै आएको कठिन संघर्षलाई कसरी मूर्तरूप दिलाउने ? कसरी लोकतन्त्रलाई संस्थागत गर्ने ? कसरी यो देशको समृद्धिलाई अघि बढाउन कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने ?,” पौडेलले भिडियो अपिलमा भनेका छन्, “यो कुरामा चिन्तित र गम्भीर हुुँदै आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न म सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछु ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुन्छ'
लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा काँग्रेसले पनि जनायो असहमति