कोरोना अपडेट : देशभर २ हजार ५२ जना कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १६ : ३९
कोरोना अपडेट : देशभर २ हजार ५२ जना कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ९३५ वटा नमुनाको परीक्षण गर्दा २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।  

त्यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै १० हजार ७७० पुगेको छ । त्यस्तै आज ३ हजार ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस