एजेन्सी । कंगोको उत्तरी किवु प्रान्तमा अवस्थित कासानजी गाउँमा १९ जनाको हत्या भएको छ । युगाण्डाका विद्रोहीहरुले उनीहरुको जलाएर हत्या गरेका हुन् ।
घटनाको एक दिनपछि शनिबार उनीहरुको शव भेटिएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अलजजीराले जनाएको छ । बेनी क्षेत्रमा अवस्थीत कासानजी गाउँमा विद्रोहीको आक्रमणपछि हराएकाहरुको खोजी गर्दा नजिकैको जंगलमा उनीहरुको शव फेला परेको बताइएको छ ।
सो क्षेत्रमा आईएससंग आबद्ध लडाकु समुहले हिंसात्मक गतिबिधिलाई तीब्र बनाउँदै लगेको छ । राष्ट्रपति फेलिक्स सिसेकदीले आपतकालीन सुरक्षा उपायहरु अपनाए पनि विद्रोहीहरुले घातक आक्रमणलाई बढाईरहेको समाचारमा जनाइएको छ । घटना भएको समयमा सुरक्षाकर्मीको अनुपस्थितिलाई लिएर चर्को आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ भदौ २०७८, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कंगोमा इबोलाको प्रकोप: विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्यो विश्व स्वास्थ्य संकटकाल
कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु
कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता