काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालप्रति व्यग्य गर्दै पात पहेँलिएर झर्दैमा रुखले पिर मानेर नबस्ने बताएका छन् ।
शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘अब चिन्ता गरेर बस्ने होइन । म कमरेडहरूलाई भन्न चाहन्छु–एक दुईटा पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एक÷दुईटा पात पहेँलिएर झर्छन् । रुखले पिर मानेर बस्छ ? अर्को टुसो हाली हाल्छ नि ।’
ओलीले एमालेको कमिटीहरूको टुसो पलाएको बताए । उनले भने, ‘ महिलाहरू कसरी जाग्दैछन् । युवाहरू कसरी जाग्दैछन् । त्यसकारण नयाँनयाँ पालुवाहरू पलाउँदैछन् । नयाँ नयाँ हाँगाहरू हाल्दैछन् । अझै मजबुत वृक्ष हाँगा फैलिँदै छन् । उचाइतिर जाँदैछ ।’
उनले पार्टीमा फुट नआएको बताउँदै भने, ‘नुहाउँदा एक र दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको छन् । उनका अनुसार पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन्, बिग्रिएका हुन । उनले भने, ‘नुहाउँदा खेरी एक, दुईटा कपालको रौँ झर्छ । जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश