अघिल्लो महिनाका संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, १६ : ४९
अघिल्लो महिनाका संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।

सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ  । साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो हुने पाइएको समेत जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टालाई भेरिएन्ट अफ कन्सर्न अर्थात संक्रामक भाइरसको सूचीमा राखेको छ । यो भेरियन्टबाट बढी वयस्कहरु जोखिम रहेको देखिएको छ ।

यसैबीच, बेलायतमा यसैसाता गरिएको एक सोधमा कोरोनाको अल्फा र केन्टभन्दा डेल्टा प्रजातिबाट संक्रमित हुने बिरामीलाई दुईपटक अस्पताल भर्ना गर्नुपर्ने परिस्थिती देखिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस