म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, २२ : ४७
म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

फुटबल दुनियाँका स्टारमध्येका एक क्रिस्टियानो रोनाल्डो फेरि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने भएका छन् ।

पोर्चुगाली यी स्टार आफ्नो क्लबबाट खेल्ने निश्चित भएको कुरा युनाइडेडले पुष्टि गरेको छ । 

२५ मिलियन युरोमा उनी युभेन्टसबाट युनाइटेड ट्रान्सफर हुन लागेको समाचारमा जनाइएको छ । ३६ वर्षीय रोनाल्डाले ५ पटक बालेन ओिर जितेका छन् । 

रोनाल्डोले आफ्नो करियरमा कैयन प्रमुख फुटबल प्रतियोगितमा जितका लागि महत्त्वूर्ण भूमिका खेलेका छन् । उनले ५ पटक युरोकप, ४ पटक वर्ल्डकप खेलिसकेका छन् ।

रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेलेका थिए । युनाइटेडले रोनाल्डो आउने निश्चित भएपछि ट्वीटरमार्फत ‘घरमा स्वागत छ, रोनाल्डो’ भनेर खुसी व्यक्त गर्दै उनको पोस्टर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस