सर्वगुण सम्पन्न अमर शिक्षक श्री चिरनजिवी थापा

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १८ : ३०
सर्वगुण सम्पन्न अमर शिक्षक श्री चिरनजिवी थापा

‘आदमी मुसाफिर हैं, आता हैं, जाता हैं
आते-जाते रस्ते में, यादें छोड् जाते हैं ।।’

नेपाली शिक्षण इतिहासको जाज्वल्यमान् ताराको रुपमा आफूलाई स्थापित गरेका श्री चिरनजिवी थापा एक असल जीवनसाथी, समर्पित पिता, जिम्मेवार नागरिक, बालबालिका, प्रकृति प्रेमी र एक इमान्दार तथा निःस्वार्थ क्षवि भएका शिक्षक थिए। सामाजिक अनैतिकता, अन्याय, असमानता, शोषण, गरिवी, कुरीति, रुढीवादी चेतना, अनुचित व्यवहार आदिले हाम्रो समाजलाई विकासको मार्गमा बढ्न दिदैंन र यसलाई जरैबाट निकाल्नुपर्छ भन्ने मान्यता राख्ने मानवतावादी शिक्षक थिए श्री चिरनजिवी थापा ।

सिर्जना माध्यामिक अङ्ग्रेजी विद्यालय, भरतपुरका संस्थापक हुन् श्री चिरनजिवी थापा। अङ्ग्रेजी शिक्षक श्री चिरविक्रम थापा र राणा पुत्री श्रीमति बाबा हजुर थापा राणाको कोखबाट यो धर्तीमा जन्म लिएका थापा विद्यार्थीहरुको सबैभन्दा प्यारा शिक्षक थिए । सबैका आँखामा फूल झैँ बस्ने र आफ्नो ओठबाट निक्लिएका शब्दले कसैलाई नराम्रो लाग्न हुन्न भन्ने स्वभावका थापा आफ्नो परिवारमा खुसी फैलाउने एक विशेष पात्र थिए ।

प्रगतिको मार्गमा रातदिन खटिएका शिक्षक श्री चिरनजिवीले पढाएका हजारौं विद्यार्थीले अहिले देश विदेश छोपी सकेका छन् र उहाँको प्रेणानात्मक स्वभावलाई सदैव आफ्नो मनमा राख्दछन् । उहाँबाट शिक्षा दीक्षा लिएका विद्यार्थी अहिले केही डाक्टर छन् त केही इन्जिनियर त केही देश हाक्ने समाजवादी र राष्ट्रवादी सोच भएका नेताहरु छन् । थापाको संस्कार सिकेर उनका विद्यार्थीहरुले अहिले ठूलो सफलता चुमेका छन् ।

प्रगतिको मार्गमा रातदिन खटिएका शिक्षक श्री चिरनजिवीले पढाएका हजारौं विद्यार्थीले अहिले देश विदेश छोपी सकेका छन् र उहाँको प्रेणानात्मक स्वभावलाई सदैव आफ्नो मनमा राख्दछन् । उहाँबाट शिक्षा दीक्षा लिएका विद्यार्थी अहिले केही डाक्टर छन् त केही इन्जिनियर त केही देश हाक्ने समाजवादी र राष्ट्रवादी सोच भएका नेताहरु छन् । थापाको संस्कार सिकेर उनका विद्यार्थीहरुले अहिले ठूलो सफलता चुमेका छन् ।

शिक्षक बुवा भएका चिरनजिवी थापा सानैदेखि पढाई लेखाईमा रुचि राख्ने भएकाले उहाँको बुवाले उनलाई शिक्षा दीक्षा घरमै राम्ररी गराएर अब्बल बनाएँ । देशको समृद्धिको बाटो अझै ठुलो बनाउन आफुले सिकेको सीप, ज्ञान र पढेका कुरा सबैलाई सिकाउन पर्छ र ज्ञानको महासागर सबैको लागि खोल्नुपर्छ भन्ने भावले उहाँ शिक्षक बन्ने निर्णय लिनुभयो जुन एकदम राम्रो निर्णयमा परिवर्तन भयो जसले गर्दा बिजुली पनि नभएको घरमा पढाईको दीपज्वती प्रज्वलन गर्नमा उहाँले ठुलो सफलता हात पार्नुभयो । जीवनको अर्थ हाँस्ने र हसाउने तथा खुशी बाड्ने हो भन्ने स्वभावका शिक्षकले यो संसारमा धेरैको जीवनको मोड बदलेका छन् । देश विकास र समृद्धिमा अहोरात्र खटिएका शिक्षक थापाको योगदान आफ्नो विद्यार्थीमा अतुलनीय र अमूल्य रह्यो।

असल जीवनसाथी

इण्डियन आर्मीको क्याप्टेन कृष्ण बहादुर खड्का तथा नेपालको पहिलो निर्वाचित महिला वडा अध्यक्ष लीला देवी खड्काको छोरी विवाह गरेका थापा आफ्नो जीवनसाथीलाई हरसम्भव खुसी र सुख दिने प्रयास गरे र सदैव सफल पनि भए । घरका स-सानादेखि ठूल्ठूला सामान सम्मको खरिद गर्न पनि आफ्नो जीवनसाथीलाई कहिले दुस्ख नदिई आफै निरन्तर खट्ने उनको खुबि थियो ।

आफ्नो जीवनसाथीलाई हरेक दुस्ख र सुखमा साथ दिने भनेर सपथ लिएका थापाले आफ्नो विवाहको केहि महिनामै भान्साको आगोको चपेटामा परेर दनदन्ति आगोमा जीवनसाथी बलेको देख्दा उनले दुईपटक नसोचीकन त्यो अग्निमा आँफु हामफाली आफ्नो जीवनसाथीको ज्यान बचाई आफू आगोको चपेटामा परेको धेरै मध्यको एक उदाहरण हो। विवाह वर्षगाठको २५ ‌औ वर्ष पुग्न नपाउदैँ जीवासाथीलाई देखिएको रोग नेपालमा राम्ररी उपचार नहुने र डाक्टरहरुले नेपालमा प्रविधि विकास नभएको भन्दा भन्दै उनले कहिल्यै हार नमानि र नकारात्मक नसोचि आफ्नो जीवनमा गरेको सबै बचत र लगानी लिएर भारतमा गई रोगको उपचार गरेर जिवनसाथीलाई नयाँ जीवन दिनमा सबै श्रेय उनलाई नै जान्छ ।

हरेक सफल पुरुषको पछाडि एक महिलाको हात हुन्छ भनेझै सफल शिक्षक चिरन्जीविको पछाडि उनको जीवनसाथी  मुनु थापाको सधै सहयोग रहन्थ्यो ।  जीवनको  हरेक  निर्णय  एक साथ लीने र हरेक कदममा साथ दिने उनको  जीवनसाथी  उनि जस्तै आफ्नो जीवन विद्यार्थीको  उत्तरुतर प्रगति र उज्ज्वल भविश्यमा केन्द्रित गर्दै आएकी छिन्

हरेक सफल पुरुषको पछाडि एक महिलाको हात हुन्छ भनेझै सफल शिक्षक चिरन्जीविको पछाडि उनको जीवनसाथी  मुनु थापाको सधै सहयोग रहन्थ्यो ।  जीवनको  हरेक  निर्णय  एक साथ लीने र हरेक कदममा साथ दिने उनको  जीवनसाथी  उनि जस्तै आफ्नो जीवन विद्यार्थीको  उत्तरुतर प्रगति र उज्ज्वल भविश्यमा केन्द्रित गर्दै आएकी छिन् । श्रीमानलाई  आफनो  हरेक काममा  सफल बनाउनमा उनको जीवनसाथीको ठुलो हात छ । थापा जोडिले आफ्नो जीन्दगीको हरेक कदम सँगै एकजुट भएर पार गरेर जीवनको अनुभुतिहरुलाई शुक्ष्म ढंगले चित्रण गरेका छन् । श्रीमान श्रीमति बिचको यस्तो माया थापाहरुको जोडी भन्दा अरुमा सायदै देख्न पाइन्थ्यो ।

आफ्नो जीवनसाथीको शब्दकोषबाट दुखकष्ट भन्ने शब्द हटाएका थापाले हरेक क्षणमा आफुले सक्ने सहयोगको हात सँधै अघि सार्थे । आफ्नो काँधमा सबै भार बोकेर आफ्नो ठूलो ममताको छाता भित्र आफ्नो परिवारका हरेक सदस्यहरुलाई राखेका थापाले आफ्नो जीवनमा धेरै किसिमका मिठो सम्झनाहरु सम्झिनका लागि छोडेका छन् ।

समर्पित पिता

दुई परिपक्क र बुवा आमाको मिश्रण झैँ सम्झदार र आज्ञाकारी छोरी र छोराका पिता चिरनजिवी थापाले आफ्नो जीवन आफ्नो बालबच्चाको नाममा समर्पित गरेका थिए।आफ्नो इच्छाहरुलाई साँचेर आफ्नो बच्चाहरुको सबै इच्छा आकंक्षा पुरा गर्ने पिता सायदै कमैले पाउँछन्। आफ्नो बालबच्चाको समृद्ध भविष्यको सपना बोकेका थापाले आफ्नो बालबच्चाहरुलाई आफ्नै विद्यालयमा शिक्षा दीक्षा दिए र पाठ्यक्रमको मात्र पढाई होइन की जीवन चलाउन लाग्ने सबै महत्वपूर्ण कुरा सिकाए र केबल आफ्ना बालबच्चाहरुलाई मात्र होइन उनले एकैछिन भेट्ने बच्चाहरुलाई पनि रमाइलोसंग गफै गफमा केहि न केहि नौलो कुरा सिकाउँथे ।

आफनो छत्र छाँयामा हुर्काएका बालबच्चाहरुलाई थापाले यतिसम्म काबिल बनाएकी उनको आफ्नी छोरी मान्यता थापाले MBBSजस्तो कठिन विषय अध्ययन गर्दागर्दै मेडिकल माफियाहरुको पर्दाफास गराएर अन्याय भएको पीडित वर्गलाई न्यायको वातवरणमा साहस लिन सफल बनाएकी थिइन्। उनको छोरीले कतै विद्रोह त कतै समानता, स्वतन्त्रता, नैतिकता, भातृत्व, न्याय र शोषण रहित सह अस्तित्वको पक्षमा ओकालत गर्दै पीडित, शोषित, असहाय एवं दयनीय जीवनप्रतिको सहानभुति सहित सुधारको आकाङ्क्षा राखेर अघि बढ्ने प्रेरणा उनको छोरीलाई चिरन्जिवी थापाले नै दिएका हुन् ।सानै उमेरमा पांको प्रवृतीको छोरा अनुश्रुत थापाको भने आफ्नो मनको आवाजलाई खोलाई, मिहिनेत र सङ्घर्षको बाटोमा हिडाई जिल्लाकै सफल सर्वोत्कृष्ट खेलाडी बनाउनमा पनि थापाको ठूलो योगदान रहेको छ । उनको प्रगतिको मार्गमा हिडेका छोराछोरीले सधै ठूलाबडाको इज्जत र सम्मान गरि सानालाई माया र राम्रो भविष्य बनाउन प्रेरणा दिने आज्ञाकारी बच्चाहरु छन्।

आफ्नो बच्चाहरुलाई मात्र नभई सबैको बच्चाहरुलाई पढाइको महत्व र पढ्न नयाँ वातावरण सिर्जना गरेर हाँसि खुसि आफ्नो विषयवस्तु पढाउने शिक्षक थापाले आफ्नो विद्यालयलाई पनि सफल बनाउनमा निकै उल्लेखनिय खेल खेलेका छन् । आफ्नो जीवन विद्यार्थीको नाममा समर्पित गरेका थापाको जीवन शिक्षकको हिसाबले सफल भयो भन्ने शब्द पनि सानो हुन्छ ।

इमान्दार तथा निस्स्वार्थ शिक्षक

पढ्नमा रुची नै नराख्ने विद्यार्थी देखि सर्वोत्कृष्ट विद्यार्थीसम्म सबैको लोकप्रिय शिक्षक थिए चिरनजिवी थापा । उनको पढाउने सीप र कला सायदै अहिले कुनै शिक्षकसंग होला । अहिले पठनपाठनलाई मान्छेहरुले व्यवसाय र पैसा कमाउने बाटो बनाएका छन्। कक्षाकोठामा बस्दा बस्दै थापाले कल्पनामै  विद्यार्थीहरुलाई  कहिले Paris को The Eiffel Tower, Mona Lisa को भ्रमण गराउथे त कहिले America को The Statue of Liberty त कहिले Australiaको Kangaroo देखाउथे , उनले  विश्वाको कुनाकुनाको भ्रमण विद्यार्थीहरुलाई गराउने क्षमता  राक्थे ।

थापाले भने काठमाण्डौंका विभिन्न विश्वा विद्यालय तथा उच्च शिक्षण संस्थाका प्राधानाध्यापक तथा IELTS, TOFEL जस्तो कोर्षमा अङ्गेजी पढाएर लाखौं पैसा कमाउने अवसर हातमा हुदा हुदैँ पनि पैसाको मुख नहेरी विद्यार्थीको भविष्यको उज्यालो अनुहार हेर्न रुचाएर रात दिन आफ्नो विद्यालयलाई कसरी अघि सार्ने र विद्यार्थीको उज्यालो भविष्य बनाउन आफ्नो सारा शक्ति लिन गरेका थिए ।

क,ख,ग,घ पनि पढ्न रुचि नराख्ने विद्यार्थीलाई उनले बच्चै देखि निरन्तर नौलो प्रविधिवाट पढाएर पढाईको यस्तो रस भरिदिए की कक्षा १० सम्म आइपुग्दा त्यो विद्यार्थी नेपाल भरिमै दोश्रो स्थान ल्याउन सफल र कक्षा १२ मा आइपुग्दा Physics, Chemistryर Biology जस्तो कठिन विषयमा देश भरिमै उच्च अङ्क ल्याउने भयो । हालसालै थापाकै विद्यालयबाट कक्षा १० मा देश भरिकै सबैभन्दा धेरै अङ्क ल्याउन सफल बनाउने विद्यार्थीको पछाडी पनि थापाको ठूलो हात रहेको छ । 

‘ढुङ्गाको काप फोडेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति यो संसारमा कहिले हुदैन विफल’ भन्ने भनाई उनले सबै विद्यार्थीको मस्तिष्कमा घुसाएका थिए र आफु जहाँबाट भएपनि जस्तो घर परिवारको भएपनि सोचि सकेका कुरा गर्न सक्ने आत्मवल उनले हरेक विद्यार्थी भित्र भर्ने काम गर्थे ।

‘ढुङ्गाको काप फोडेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति यो संसारमा कहिले हुदैन विफल’ भन्ने भनाई उनले सबै विद्यार्थीको मस्तिष्कमा घुसाएका थिए र आफु जहाँबाट भएपनि जस्तो घर परिवारको भएपनि सोचि सकेका कुरा गर्न सक्ने आत्मवल उनले हरेक विद्यार्थी भित्र भर्ने काम गर्थे । सामान्य विद्यालयमा खाजा बेच्ने तथा आर्थिक स्तरले विपन्न परिवारको बालबालिकाहरुमा पढाईका ज्योती बालेका थापाले अहिले उनका विद्यार्थीहरु गोरा विदेशीको उपचार गर्ने भएका छन् । निःस्वार्थ भावका थापाले धेरै विद्यार्थीको जीवन बदल्ने र अमूल्य गुण लगाएता पनि नराम्रो सोच र नकारात्मक धारणा कहिल्यैराखेनन् र आफ्नो गुणगान कहिल्यै गाएनन् । सयौं विदेशीहरुलाई आफ्नो घरमा आश्रय दिएर नेपाल घुमाउने पनि उनको एक कला कमै शिक्षकहरुमा होला ।

जिम्मेवार नागरिक 

अहिलेको युगमा मान्छेहरु विदेश जान तछाड मछाड गरि आफ्नो दुई खुट्टा अघि लम्काउँछन तर अवसर पाउँदा पाउदैंमा पनि विदेशको मोहलाई त्यागी नेपाली भूमिमा नयाँ पीडिलाई पढाई लेखाई गराउने भनेर स्वदेशी भूमि मैं रमाएका थिए शिक्षक थापा। आफ्ना विद्यार्थीहरुलाई पनि शिक्षक थापाले नेपाली भएपछि देशको समृद्धि र विकासका लागि खट्नु पर्छ तर नेपालमै रहेर नेपालमा काम गर्नु नपर्ने तर नेपालको उत्तरोतर प्रगतिलाई जताबाट भएपनि लाग्नु पर्ने उहाँको धारणा थियो ।

उनी र उनको जीवनसाथी मिलेर विभिन्न देशका उच्चस्तरीय शिक्षक तथा अरु व्यवसायमा लागेका विदेशी पर्यटकहरुलाई आफ्नो घर निम्त्याएर निःशुल्क सेवा तथा देशको कुनाकुना घुमाउने जिम्मेवारी उनीहरुले आफ्नै काधमा बोकेका थिए ।नेपाली  विद्यार्थीहरुलाई  विभिन्न दक्ष्य उच्चस्तरीय विदेशी पर्यटकहरुबाट आफ्नो विद्यालयमा उनीहरुको अनुभवले विद्यार्थीलाई नयाँ नयाँ कुरा सिकाउने अवसर थापाले प्रदान गर्दै आएका थिए।

विदेशी मुलुकका पर्यटकहरुलाई आफ्नो देश नेपालको अविष्मरणीय सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, धार्मिक, पौराणिक ठाउँको भ्रमण गराई त्यसको महत्व झल्काएका थापा धेरै विदेशीको लोकप्रिय पात्र बन्न सफल भएका थिए। आफ्नो देशको बारेमा आफुले मात्र ज्ञान लिएर खुसी नभई विदेशीहरुलाई पनि यसको रमाइलो उठाउनु पर्ने भनेर इन्टरनेटको माध्यमबाट आफ्नो देशको वर्णन गर्दै हरेक वर्ष सयौं विदेशीहरुलाई आफ्नो घर निम्त्याएर निःस्वार्थ सेवा गर्ने शिक्षक थापाले देशले आफुलाई के दियो भन्दा पनि आफुले देशलाई के दिए भनेर प्रश्न सोध्थे । देश विकास र यसको समृद्धिको लागि हरसम्भव खट्ने थापाले आफ्नो विद्यालयबाट देशको उत्तराधिकारीहरुको जन्म गराई सकेका छन् । डाँढा काँडा छोपेका उनका विद्यार्थीहरुले अहिले देश विकासका लागि अहोरात्र खटिरहेका छन् ।

बालबालिका, प्रकृति तथा संगीत प्रेमी 

ससानादेखि ठूल्ठूला पदका मान्छेहरुसंग घुलमिल हुने थापा सबैका लोकप्रिय थिए । उनको पवित्र निःस्वर्थ स्वभाव र निर्दोश बोलाईले सबैजना मोहित हुन्थे । जो कसैको पनि जीवनमा आएका बाधा अर्चनालाई फुकाउन हर सम्भव सहयोग गर्ने उनको धेरै मध्यको एक विशेषता हो।आफ्नो खुसी बालबालिकामा देख्ने र सदैव उनीहरुसंग हाँसी मजाक गर्ने थापाले एकदम चन्चले देखि आज्ञाकारी बच्चाहरु सबैको मस्तिष्कमा ज्ञानको महासागर भर्थे ।

कुरै कुरामा सबैलाई जीवनको रथ हाक्ने कला सिकाउने सायदै शिक्षक यो संसारमा छन् होलान्।शिक्षक थापाको आँखामा सबै एकै समानका थिए, कामलाई भगवान ठानेर परिश्रम गर्नेहरुले थापाको मुटु चोर्थे, विद्यालयको प्रधानाध्यापक भएर गेटपालेको रातदिनको मिहिनेत देखेर आफ्नै हातको चियाँ बनाएर उहीँसंग बसेर जीवनको सुख दुखको कुरा गर्दै चिया पिउने प्राधानाध्यापक सायदै होलान् ।

प्रकृतिप्रेमी शिक्षक थापा प्रकृतिलाई महसुस गरेर, प्राकृतिक हिमाल, पहाड खोलानाला आदिको अवलोकन गर्न घण्टौ सफर गर्ने गर्थे । साहित्य पुजारी थापाले अनेकौ पुस्तक अध्ययन गरि त्यसको भाव आफ्नो विद्यार्थीहरुलाई सुनाई सक्षम बनाउने हरसम्भव प्रयत्न गर्थे । हरेक गीतको भाका बुझ्ने र सबैलाई बुझाई त्यसमा रमाउने थापाको बोली गीत झै सुरिलो थियो।बिहान ३ बजे ब्रह्म मुहर्तमा उठेर ध्यान गर्ने थापाले जिन्दगीको उद्धेश्य खुसी रहने, अरुलाई चोट नदिने, हाँसि खुसी बाच्ने रहेछ भनेर बुझेका थिए । मोटरबाईक प्रेमि थापा प्रकृतिको सौन्दर्यतालाई निहालेर जीवनको अर्थ यहि रहेछ भनेर डुब्ने शिक्षक थापा किताबी किरा पनि थिए । सयौं पुस्तक पढेर आफ्नो जीवन एक समुन्द्रमा रहेको नाउँ भएको र त्यसको चालक आफू रहेर जता मोडे त्यतै जाँदो रहेछ भन्ने उनको निष्कर्ष थियो । 

COVIDसँगको युद्ध

२०७७ सालमा COVID महामारीको बेलामा चिरनजिवी थापाको आमाको एक महिलाद्धारा आफ्नै घरमा हत्या भएकाले उनी त्यो कुराले निकै चिन्तित देखिथ्ये । ऋइख्क्ष्म् विरुद्ध हामीले सकारात्मक रुपले लड्नु पर्ने र त्यसलाई हामीले हराउन सकिन्छ भन्ने उहाँको सोचाई थियो । २०७८ सालमा पनि COVID महामारीमा उनले आफुले गर्न सक्ने हरसम्भव मद्धत सवैलाई गरे ।

२०७८ असार ‍१५ गते COVID पुष्टि भएता पनि उनी सदैव आफूले यो भाइरसलाई हराउने र छिटैं आफ्नो पुरानो जस्तै जीविकापार्जन गर्ने भन्ने सोच लिएका थिए । संसारमा भाइरसको कारणले पारेको प्रकोपको बारे बुझेका थापाले आफूलाई भित्र जति गारो भएता पनि आफ्नो जीवनसाथी, बालबच्चाहरु र सबै आफन्त तथा इस्टमित्रलाई केहि नभएको र छिटै भाइरसलाई जित्ने आश्वासन दिँदै आएका थिए ।‘म अब छिटै सन्चो हुन्छ र घर फर्कन्छु’ भन्दै अस्पताल तथा त्यहाँको भेन्टिलेटर छिरेका थापालाई चितवनबाट काठमाण्डौं पनि ल्याइयो भाइरससँग लड्दा पनि उनको सबै अङ्गले उनको साथ छोडेका थिएनन् तर सानै उमेरदेखि आस्थमा (दम) भएकाले यो रोगले उनलाई छातिमा निमोनिया लगायो । थापालाई भाइरसले सामान्य रुगा खोकी, ज्वारो देखि अस्पतालको क्ष्ऋग् तथा भेन्टिलेटर हुदै कलिलै उमेरमा शारिरीक जीवन छाड्न बाध्य पार्यो । कहिल्यै नसोचेको दृष्य आखाँ सामुन्ने भएको देख्दा आँखाबाट आसु कसैको रोकिएन १ न त उनको परिवारको न त उनको विद्यार्थीको ।

उहाँले बालेको शिक्षा दीक्षाको दीपज्योती हामी सबैको मनमा रहने र सदैव उहाँ हामीसँग केहिन केहि रुपमा रही रहनुहुनेछ । हामी सबैको मन मस्तिष्कमा उहाँको हाँसो सदैव हाँसी रहने छ, उहाको तस्विर मनमा सदैव टाँसिरहने छ । उहाँको बोली कानमा गुन्जिरहने छ । उहाको हातको ममता सदैव मनमै रहिरहनेछ । उहाँको याद सदैव हामीलाई रहिरहनेछ । उहाँ यतैकतै कुनै रुपमा रहनु हुनेछ ।

सदैव हामीसंग 

टालोदेखि टालोसम्मको यो जिन्दगीको सफरमा थापाले विभिन्न उल्लेखनीय र उदारणीय कामहरु गरे जसमध्ये निम्न घर परिवारको बालबालिकाको मनमा पढाईको दीप बाल्नु रह्यो । आफुलाइ यो संसारकै महत्व तथा जीवनको रथ हाँक्न सिकाउने मान्छे आफू साथ शारिरीक रुपमानहुँदा उहाँको अभाव हामीसंग सधै हुनेछ । शारिरीक रुपमा हामीसंग नहुँदा पनि थापाले सिकाएका हरेक कुरा मस्तिष्कमा राखेर उहाँको विद्यार्थी सधैं अगाडि बढ्नेछन् ।

शिक्षक थापासंग बिताएका हरेक क्षण अमूल्य थिए र हाम्रो मुटुमा उहाँले एक महत्वपूर्ण स्थान बनाएका छन् । आँखाले देख्न नपाएपनि उहाँको आवाजले हामी सबैको कानमा एक ठाँउ बनाएको छ , उहाको आभाषले मनमा एउटा स्थान बनाएको छ । उहाँको अनुहारले मुटुमा एउटा तस्विर कोरेको छ । उहाँको ममताले मुटुमा एउटा ठाँउ बनाएको छ । उहाको हरेक कुरा हाम्रो मनमा रही उहाँको यादले हाम्रो जीवनमा एक ठाँउ बनाएको छ । उहाँ जता भएतापनि हामीलाई हेरेर आशीर्वाद दिनु भएको महसुस हामी सबैले गरेका छौं । उहाले दिनु भएको ज्ञान दिमागमा राखेर हामी अघि बढ्नेछौं । उहाले सिकाएको जीवन जिउने कलाले अघि बढ्न सदैब हौसला मिल्नेछ । उहाँले सोचेको नेपालको निर्माणमा अहोरात्र खट्ने छौं । उहाँको परिवारलाई सबै विद्यार्थीले साथ निरन्तर दिई राख्नेछौं । हाम्रो मनमा एउटा कोठा बनाएर बसेका शिक्षक थापालाई हामीले हाम्रो मुटुबाट कतै जान दिनेछैनौं ।
वर्ण र सोचभन्दा माथिको मान्छे 

२०७८ साल असार ३१ गते बिहान १० बजेर २० मिनेटमा यो  संसारले ूज्ञानको महासागर गुमाएको छ, जसको विद्या चरम सिमामा थियो जसले मिठो पुरानो सुरिलो गीत गुनगुनाउथे, ठूलो शरिरीक वनावट र कमलो मनको नेपालको अदभुत अन्तरयामि शिक्षकले हामी सबैलाई स्तव्ध छाडेर निकै टाढाको यात्रा सुरु गर्नुभयो तर उहाँ हाम्रो मनमा हनुहुन्छ । धेरै विद्यार्थीहरुलाई किन र कसरी अध्ययन गर्ने भनेर सिकाउने शिक्षकले आफुलाई छोडेकाले यो संसार आधा खालि भएको अनुभव गरेका छन् । उहाको याद हाम्रो आँखा अगाडी झलझली आईरहनेछ ।

उहाँलाई आँखा अगाडी देख्छु तर छुन सक्दिन, कानले आवाज सुन्न सक्छु तर छुन सक्दिन, उहाँको हात गालामा राखेको अनुभव गर्छु तर छुन सक्दिन, उहाँको याद आउछ तर छुन सक्दिन, उहाँको अकल्पनीय याद मनमा छन् र मनमै रहिरहनेछन् ।शरीर एक उर्जा शक्ति रहेछ जुन एक देखि अर्कोमा परिवर्तन हुदाँ रहेछ पहिला छुन सक्थ्यौं, अहिले महसुस गर्न सक्छौं । शिक्षक थापासंग बिताएका हरेक क्षण अमूल्य थिए र हाम्रो मुटुमा त्यसले एक स्थान बनाएको छ। जीवन काँडा की फूल यो प्रश्नले निरन्तर सताएको छ । 

शिक्षक थापाको जीवन वर्ण र सोचभन्दा माथिको रह्यो ।
हाम्रो प्यारो शिक्षक हामी छिटै फेरि भेट्नेछौं ।
फेरिसंगै बसेर हास्ने छौं ।
फेरिसंगै बसेर जीवनको कहानी गाउने छौं ।
फेरि बसेर सुमधुर गीत गुनगुनाउने छौं ।
फेरि देश निर्माणमा खट्नेछौं ।
फेरि बसेर प्रकृतिको सुन्दरतामा रमाउने छौं ।
फेरि बाइकमा घुम्नेछौं ।
हाम्रो प्यारो शिक्षक हामी छिटै फेरि भेट्नेछौं ।।
सप्रेम सम्झना
सधैं मुटुमा रहनुहुन्छ

धन्यवाद शिक्षक श्री चिरनजिवी थापा


‘इक दिन बिक जाएगा माटीके मोल
जगमें रहें जाएगें प्यारे तेरे बोल।।’

 

प्रतिक्रिया दिनुहोस