काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १३ : १४
काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

पहिलो मात्र लगाएको २१ दिन पूरा भएका १८ वर्षभन्दा माथिका विद्यार्थी र ४० वर्षभन्दा माथिका नागरिकलाई महानगरको ३२ वडाबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।

आइतबारसम्म खोपलगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंका खोपकेन्द्रहरुमा बिहान देखि खोप लगाउनेको भीड देखिएको छ ।

प्रतिक्रिया दिनुहोस