भारतद्धारा इंग्ल्यान्डलाई ३ सय ४५ रनको विशाल अग्रता

एजेन्सी

शुक्रबार, ११ भदौ २०७८, ०८ : १०
भारतद्धारा इंग्ल्यान्डलाई ३ सय ४५ रनको विशाल अग्रता

एजेन्सी । इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन बिहीबारको खेल समाप्त हुँदा ३ सय ४५ रनको विशाल अग्रता लिन सफल भएको छ । इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा आठ विकेट गुमाएर ४ सय २३ रन बनाएको छ ।

यसका लागि क्रेग ओभरटन २४ र ओली रोबिन्सन शून्यमा खेलिरहेका छन् । यसअघि कप्तान जोए रुटले १ सय २१ रनको सानदार प्रदर्शन गरे । यस्तै डाविड मालनले पनि ७० रनको योगदान दिए ।

भारतीय बलरमध्ये मोहम्मद सामीले तीन विकेट लिएका छन् । यसअघि भारत आफ्नो पहिलो इनिङ्समा ७८ रन बनाएर अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस