काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहँुका उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी र कोषाध्यक्ष भीमबहादुर गुरुङविरुद्ध रु सात लाख ६६ हजार ७०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
आयोगले उपभोक्ता समितिका सदस्य गणेशकुमार गुरुङविरुद्ध रु एक लाख १९ हहजार र चार्टर कन्स्ट्रक्सन मालेपाटन पोखराका प्रोपाइटर विनोद श्रेष्ठविरुद्ध रु दुई लाख ४८ हजार ४०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
स्थानीय लालध्वज शहीद मार्ग स्तरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले पैसा नै नपर्ने ग्राभेलसमेतको सामग्री प्रयोग गरेको तर बिल भरपाई मिलान गरेर भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० भदौ २०७८, २२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन