एक लाखभन्दा बढी रेमिट्यान्स रकम बैंकबाट निकाल्नुपर्ने

पत्रपत्रिकाबाट

बुधबार, ०५ बैशाख २०७५, ०८ : ४१
एक लाखभन्दा बढी रेमिट्यान्स रकम बैंकबाट निकाल्नुपर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्सपठाउँदा एक लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको छ । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छ ।

अहिले भने विदेशबाट रेमिट्यान्स पठाउँदा दुई लाख रुपैयाँसम्म नगदमा भुक्तानी गर्न पाइने र नयाँ आर्थिक वर्ष २०७५/७६ सुरु भएपछि साउन १ बाट भने एक लाखभन्दा बढी रेमिट्यान्स भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति लिएका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था संयन्त्रका लागि उक्त निर्देशन जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस