काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
आज दिउसो दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो । आयोगले बेलुकीपख दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको छ । दल दर्ताको प्रमाणपत्र लिएपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले अब सरकारमा जाने बाटो खुलेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ भदौ २०७८, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश