जनकपुरधाम । धनुषामा ससुरा र बुहारीको हत्या गरि शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो ।
हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको छ । भागेश्वरको बुवा रामवृक्षलाई स्थानीयले खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोज तलास गर्ने क्रममा सो घटना सार्वजनिक भएको धनुषाको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको खबर स्थानीयवासीले थाहा पाएपछि खोजतलाससँगै प्रहरीलाई खबर गरेका थिए । हत्या गरेको आशङ्कामा भागेश्वर मण्डललाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या