काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतको सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच सोमबार भेटवार्ता भएको छ ।
प्रचण्ड निवास ललितपुर खुमलटारमा भएको भेटवार्तामा दुई मुलुकबीचको संवादलाई अघि बढाउने र द्धिपक्षीय सम्बन्ध बलियो बनाउने बारे छलफल भएको चौथाइवालेले जानकारी दिएका छन् ।
‘हामीबीच विभिन्न विषयमा खुला र सौहार्दपूर्ण छलफल भयो’ चौंथाइवालेले ट्वीटमा लेखेका छन्, ‘हामी दुबैजना संवादलाई अघि बढाउँदै द्धिपक्षीय सम्बन्धलाई बलियो बनाउन सहमत भएका छौं ।’
चौथाइवालेले आजै नेकपा एमाले अध्यक्ष केपी ओली, प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता