चितुवाको छालासहित ३ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १६ : ४६
चितुवाको छालासहित ३ जना पक्राउ

बैतडी । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय बिमल औजीसहित ३ जना छन् । शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट ३ थान चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

बाँकेको कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले चेकजाँच गर्दा चितुवाको छाला फेला परेको थियो । आरोपीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस