काठमाडौँ । माधव नेपालमा नगएका तटस्थ बसेका ५७ जना नेताहरुलाई एमालेका नेताहरूले पार्टीमा ‘बार्गेनिङ’ नचल्ने बताएका छन् । ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको बार्गेनिङको अर्थ नभएको बताएका छन् ।
नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर पार्टी एकताको पक्षमा रहेका स्थायी र केन्द्रीय कमिटीका ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिने निर्णयमा पुगेका थिए । एमाले अध्यक्ष केपी ओली निकट नेताहरूले भने बार्गेनिङका लागि भनिएको अल्टिमेटमको अर्थ नहुने प्रतिक्रिया दिएका छन् । एमाले एक नेताले भने, ‘त्यस्तो अल्टिमेटम म भएको भए पनि दिन्नथेँ, अरूले पनि दिनु हुँदैन । त्यसले एकताको प्रयासलाई बिगार्छ । एकतामा लागेका साथीहरूले त्यस्तो भाषा बोल्नै हुँदैन । निरन्तर एकताको प्रयासमा लाग्नुपर्छ ।’
५७ जना नेताले भनेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको र त्यसको कार्यान्वयनको लागि पार्टीको गतिविधिमा सहभागी भएर खबरदारी गर्न एमाले नेताहरुले बताएका छन् । तटस्थ बसेका नेताहरूले २०७५ जेठ २ को अवस्थामा एमालेको मात्रै बैठक बस्नुपर्ने र त्यही बैठकले माओवादीबाट आएका नेताहरूको बारेमा निर्णय गर्नुपर्ने माग गर्दै आएका छन् ।
एमालेका अर्का नेता एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले जो–जो फर्केर आउँछन् उनीहरूले जिम्मेवारी पाउने तर, अल्टिमेटम र बार्गेनिङ पार्टीले नसुन्ने बताए । पार्टीको आन्तरिक समस्या छन् भने त्यसको समाधान पार्टीको बैठकबाट खोज्नुपर्ने तर, बाहिर गुट–उपगुटले गरेको बैठकलाई पार्टीले नचिन्ने तामाङ बताउँछन् । ‘उहाँहरूले एमाले जान्नुभएकै छ । त्यसबारे हामीले बताइरहनु पर्दैन । उहाँहरू नेता हो प्रशिक्षण दिइरहनु पनि आवश्यक छैन । नेताहरूले के गर्नुपर्ने हो भन्ने त उहाँहरूले नै बुझ्नुहुन्छ,’ तामाङले भने ।
एमालेमा माधव नेपाल निकट भनेर चिनिएका ५७ जना नेताहरू भने तटस्थ बसेका छन् । उनीहरूले माधव नेपाललाई पनि पार्टी दर्ता प्रक्रियाबाट फर्किन भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ भदौ २०७८, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव