काठमाडौँ । माधव नेपालमा नगएका तटस्थ बसेका ५७ जना नेताहरुलाई एमालेका नेताहरूले पार्टीमा ‘बार्गेनिङ’ नचल्ने बताएका छन् । ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको बार्गेनिङको अर्थ नभएको बताएका छन् ।
नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर पार्टी एकताको पक्षमा रहेका स्थायी र केन्द्रीय कमिटीका ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिने निर्णयमा पुगेका थिए । एमाले अध्यक्ष केपी ओली निकट नेताहरूले भने बार्गेनिङका लागि भनिएको अल्टिमेटमको अर्थ नहुने प्रतिक्रिया दिएका छन् । एमाले एक नेताले भने, ‘त्यस्तो अल्टिमेटम म भएको भए पनि दिन्नथेँ, अरूले पनि दिनु हुँदैन । त्यसले एकताको प्रयासलाई बिगार्छ । एकतामा लागेका साथीहरूले त्यस्तो भाषा बोल्नै हुँदैन । निरन्तर एकताको प्रयासमा लाग्नुपर्छ ।’
५७ जना नेताले भनेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको र त्यसको कार्यान्वयनको लागि पार्टीको गतिविधिमा सहभागी भएर खबरदारी गर्न एमाले नेताहरुले बताएका छन् । तटस्थ बसेका नेताहरूले २०७५ जेठ २ को अवस्थामा एमालेको मात्रै बैठक बस्नुपर्ने र त्यही बैठकले माओवादीबाट आएका नेताहरूको बारेमा निर्णय गर्नुपर्ने माग गर्दै आएका छन् ।
एमालेका अर्का नेता एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले जो–जो फर्केर आउँछन् उनीहरूले जिम्मेवारी पाउने तर, अल्टिमेटम र बार्गेनिङ पार्टीले नसुन्ने बताए । पार्टीको आन्तरिक समस्या छन् भने त्यसको समाधान पार्टीको बैठकबाट खोज्नुपर्ने तर, बाहिर गुट–उपगुटले गरेको बैठकलाई पार्टीले नचिन्ने तामाङ बताउँछन् । ‘उहाँहरूले एमाले जान्नुभएकै छ । त्यसबारे हामीले बताइरहनु पर्दैन । उहाँहरू नेता हो प्रशिक्षण दिइरहनु पनि आवश्यक छैन । नेताहरूले के गर्नुपर्ने हो भन्ने त उहाँहरूले नै बुझ्नुहुन्छ,’ तामाङले भने ।
एमालेमा माधव नेपाल निकट भनेर चिनिएका ५७ जना नेताहरू भने तटस्थ बसेका छन् । उनीहरूले माधव नेपाललाई पनि पार्टी दर्ता प्रक्रियाबाट फर्किन भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ भदौ २०७८, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल