अफगानिस्तान : बर्सिरहेका गोली, चिच्याइरहेका सैनिक र नाबालकका लागि गुहार्दै मानिस

एजेन्सी

शनिबार, ०५ भदौ २०७८, १५ : ३१
अफगानिस्तान : बर्सिरहेका गोली, चिच्याइरहेका सैनिक र नाबालकका लागि गुहार्दै मानिस

काठमाडौं । ‘फिर्ता जाऊ, फिर्ता जाऊ’, एक परिसर बाहिर उभिएका भीडमाथि बेलायती सैनिक चिच्याइरहेका छन् । अफगानिस्तानमा  बेलायती दूतावासद्वारा बाहिर लैजादैं गरेका मानिसहरुलाई उडान अघि यो परिसरमा ल्याइन्छ । 

यी सैनिकका अगाडि धेरै मानिसहरु आफ्नो बेलायती पासपोर्ट हावामा हल्लाइरहेका थिए ताकि उनीहरु भित्र जान दिइयोस् । तर, अफगान सुरक्षा बलका एक समूहले उनीहरुलाई राक्ने कोसिस गरिरहेका थिए । 

भीडमा भएका यीमध्ये धेरै मानिसहरुलाई अफगानिस्तानबाट बाहिर जानेबारे केही पनि भनिएको थिएन । तरपनि उनीहरु अफगानिस्तानबाट निस्कने कोसिस गरिरहेका थिए । कतिलाई दूतावासबाट इमेल आएको थियो र उनीहरुलाई त्यहाँ पुग्न र प्रक्रिया पूरा गर्नका लागि प्रतीक्षा गर्न भनिएको थियो । 

यो भीडमा पश्चिमी लण्डनका उबर ड्राइभर हेलमन्द खान पनि थिए जो केही महिना अघि आफ्ना आफन्तलाई भेट्न आफ्ना बालबच्चासहित अफगानिस्तान पुगेका थिए । 

उनले मेरो हातमा केही बेलायती पासपोर्ट राख्दै आफ्ना दुई छोरासहित निराश भएका भन्छन्, ‘म पछिल्लो तीन दिनदेखि भित्र जाने कोसिस गरिरहेको छु ।’

यो भीडमा खालिद पनि छन् जसले बेलायती सैनिकका लागि दोभाषेको काम गर्दथे । उनकी श्रीमतीले दुई हप्ता अघि मात्रै बच्चा जन्माएकी छिन् र उनलाई डर छ कि यस्तो स्थितिमा कतै उनको बच्चाको मृत्यु नहोस् । 

खालिद भन्छन्, ‘म बिहानैदेखि यहाँ छु, यहाँ आउँदा तालिबानले मलाई पिटेका पनि थिए ।’

केही पर परिसको मुख्य ढोका पनि छ । यहाँ हज्जारौं मानिस जम्मा भएका छन् र धेरैजसोको अफगानिस्तान बाहिर जाने सम्भावना निकै कम छ । 

बेलायती सैनिक भीडलाई नियन्त्रण गर्नका लागि कहिलेकाँही गोली पनि चलाउँछन् । भित्र प्रवेश गर्ने एउटै मात्रै तरिका छ । कसैगरी भीडबाट निस्किएर अघि बढ र सैनिकका अनुहारमा आफ्ना दस्तावेज हल्लाउ । त्यसपछि मात्रै उनीहरुले तपाईंलाई भित्र जान दिने आशा छ ।

मद्दतका लागि गुहार्दैः

विमानस्थल बाहिर स्थिति थप चिन्ताजनक छ जहाँ अमेरिकी सैनिकले सुरक्षा दिइरहेका छन् । मानिसहरुलाई जान दिनका लागि बनेको मुख्य ढोकामा मानिसहरुको अत्यधिक भीड  छ जो भित्र जाने कोसिस गरिरहेका छन् तर तालिबानले हावामा गोली चलाएर उनीहरुलाई पिटेर पछाडि धकेलिरहेका छन् । 

बेलायतको नियन्त्रण भएको यो परिसरमा प्रवेश गर्ने कोसिस गरिरहेका मानिसहरुले ममाथि प्रश्नको ओइरो लगाए । ‘के तपाईं मेरो मद्दत गर्न सक्नुहुन्छ ? के उनीहरुले हामीलाई भित्र जान देलान् ?’

थुप्रै मानिसहरुले मलाई आफ्नो दस्तावेज देखाउने कोसिस गरे जसले यो प्रमाणित हुन्छ कि उनीहरुले अन्तर्राष्ट्रिय सुरक्षा बल वा विदेशी दूतावाससँग काम गरेका छन् । 

एक महिलाले मलाई आफू एक अन्तर्रराष्ट्रिय बास्केटबल खेलाडी भएको बताइन् । उनको बेलायती दूतावासमा कुनै सम्पर्क छैन तर उनलाई आफ्नो ज्यानको खतरा छ । आफ्नो डरबारे बताउँदै गर्दा उनको घाँटी अवरुद्ध भयो ।

गस्ती लगाउँदै तालिबान लडाकूः

तालिबानले सरकारसँग जोडिएकालाई माफी दिइएको बताएको छ । संगठनले आफू समावेशी सरकार बनाउन चाहेको बताउँछ तर धेरै मानिसहरुलाई आफ्नो भविष्यको विषयमा चिन्ता छ । 

शहरका बाँकी स्थानको स्थिति शान्त छ । त्यो अर्कै दुनियाँ जस्तो लाग्छ । पसल र रेष्टुरेन्ट खोलिएका छन् । यद्यपि, फलफूल र सागसब्जी बेच्नेहरुले खरिदका लागि कम मानिसहरु आइरहेको बताएका छन् । 

कस्मेटिक सामान बेच्ने एक व्यक्तिले किनमेलका लागि निकै कम महिलाहरु आइरहेको बताएका छन् । 

यद्यपि, तालिबान जताततै देखिएको छ । अफगानी सुरक्षा बलबाट कब्जामा लिएको गाडीमा गस्ती लगाइरहेका छन्  । उनीहरुका अनुसार यसरी उनी लुटपाट र अशान्तिको कुनै घटना हुनबाट रोक्न चाहन्छ । यस्तै, उनीहरुका अनुसार थुप्रै मानिसहरुले अब उनीहरु बढी सुरक्षित महसुस गरिरहेको पनि उनीहरुलाई बताइरहेका छन् । 

कतिले यो पनि देखाउने कोसिस गरिरहेका छन् कि तालिबानको शासनमा जीवन कस्तो हुनेछ । एक ट्याक्सी ड्राइभरले आफूले केही तालिबान लडाकूलाई शहर घुमाएको बताए । यतिबेला उनको कारभित्र गीत पनि बजेको थियो । ड्राइभरले मुस्कुराउँदै भने, ‘उनीहरुले मलाई केही भनेनन् । उनीहरु पहिलाको जस्तै कडा छैनन् ।’

तर खबर यस्तो पनि छ कि तालिबान घर–घरभित्र प्रवेश गरेर पत्रकार, सरकारी कर्मचारीलाई खोजिरहेका छन् र उनीहरुसँग सोधपुछ गरिरहेका छन् । 

पुनः विमानस्थल आएका र दोभाषेको काम गर्ने खालिद आफ्नो नाबालकसहित परिसर जान सफल भएका छन् । 

कति मानिसहरु अहिले पनि संघर्ष गरिरहेका छन् र एक बेलायती अफगानीले मद्दत माग्दै भने, ‘म आफ्नो बच्चालाई यो भीडमा कसरी लैजाउँ ?’

कति मानिसहरु जानका लागि योग्य छैनन् तर बाहिर जान चाहन्छन् र अब उनीहरुको अगाडि एउट अनिश्चित भविष्य तेर्सिएको छ । 

सिकंदर किरमानी, बीबीसी