हुम्ला । मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर गए राति दुर्घटनामा परेको थियो ।
बाजुरा गौमुल गाउँपालिका– ३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।
विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली– २ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए ।
घाइतेलाई जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु