काठमाडौँ । विराटनगर महानगरपालिकाअन्तर्गतका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तलाई ठगी गरी बिचौलियाकार्य गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार नगरमा बिरामी तथा बिरामीका आफन्तलाई भेटी विभिन्न भ्रम फैलाई आफ्नो सम्पर्कको फार्मेसीमा लग्नेकार्य गर्ने विराटनगर–८ अमरटोल बस्ने १८ वर्षीय प्रधुम्न राय र सोही स्थानका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरिएको छ ।
राय र साहले ‘यहाँ चिकित्सक राम्रो छैन, यो अस्पतालमा कोरोनाको बिरामी धेरै छन्, उपचार राम्रो छैन’ भन्ने जस्ता अफवाह फैलाई बिरामी तथा आफन्तलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधि किन्न बाध्य गराउने गरेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यालयले यस किसिमको व्यवहारबाट अन्य कोहीबाट पीडित भएको भए वा हुनगइरहेको थाहा भएमा नजिकको प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ भदौ २०७८, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ