लमही । देउखुरीको सतबरियाबाट अवैध काठ सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिग्नीका खुशी राम चौधरी रहेको डिभिजन वन कार्यालय देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिए ।
बिहिबारराती रा १ च ४२९८ नम्बरको टेक्टरमा चौधरीले सिमल जातको ५ थान गोलिया (५६ . ४२ क्युफिट ) ल्याउँदै गरेको समयमा लमही नगरपालिका वडा नम्बर ८ को गिधनिया बाट सतबरिया प्रहरीले नियन्त्रणमा लिएर सब डिभिजन कार्यालय सतवरियालाई बुझाएको सुचना अधिकारी साहले बताए ।
त्यसै गरि राप्ती गाउँपालिकाको सिसहनियाँबाट १ सय ११ थान चिरान काठ सहित (४६.४४ क्युफिट ) चालक केशब विकलाई पक्राउ गरि राप्ति सब डिभिजन कार्यालयलाई बुझाएको छ। पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको रा १ च ९४० नम्बरको सेतो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्ने क्रममा सिसहनियाँ प्रहरीले फेला पारेको थियो ।
पक्राउ परेका चौधरी र विक माथि अनुशन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन प्रमुख बेसिन्द्र राज सुबेदीले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ भदौ २०७८, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ