लमही । देउखुरीको सतबरियाबाट अवैध काठ सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिग्नीका खुशी राम चौधरी रहेको डिभिजन वन कार्यालय देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिए ।
बिहिबारराती रा १ च ४२९८ नम्बरको टेक्टरमा चौधरीले सिमल जातको ५ थान गोलिया (५६ . ४२ क्युफिट ) ल्याउँदै गरेको समयमा लमही नगरपालिका वडा नम्बर ८ को गिधनिया बाट सतबरिया प्रहरीले नियन्त्रणमा लिएर सब डिभिजन कार्यालय सतवरियालाई बुझाएको सुचना अधिकारी साहले बताए ।
त्यसै गरि राप्ती गाउँपालिकाको सिसहनियाँबाट १ सय ११ थान चिरान काठ सहित (४६.४४ क्युफिट ) चालक केशब विकलाई पक्राउ गरि राप्ति सब डिभिजन कार्यालयलाई बुझाएको छ। पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको रा १ च ९४० नम्बरको सेतो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्ने क्रममा सिसहनियाँ प्रहरीले फेला पारेको थियो ।
पक्राउ परेका चौधरी र विक माथि अनुशन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन प्रमुख बेसिन्द्र राज सुबेदीले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ भदौ २०७८, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ