विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १३ : ०३
विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु

काठमाडौं । सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । 

काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ जेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस