गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १८ : ३३
गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा

काठमाडौं । सरकारले भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस