१६ वर्षिया युवतीको शव खोला किनारमा फेला

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, ११ : २३
१६ वर्षिया युवतीको शव खोला किनारमा फेला

काठमाडौं । सर्लाहीको लालबन्दीमा एक किशोरीको शव फेला परेको छ। लालबन्दी नगरपालिका–१७ निवासी १६ वर्षीया प्रियंका भुजेलको शव स्थानीय खोलामा फेला परेको प्रहरीले जनाएको छ।

उनको शव घरदेखि करिव ३ किलोमिटरपर टाढा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको छेउमा फेला परेको हो। मृतक साउन ३१ गतेदेखि बेपत्ता थिइन्। गएराति स्थानीयबासीले कालीञ्जोर खोलामा शव फेला देखेपछि इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए । 

शव पोष्टमार्टमका लागि मंगलवार राति नै जिल्ला अस्पताल मलंगवा लगिएको छ। उनको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस