रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक

पत्रपत्रिकाबाट

मंगलबार, ०४ बैशाख २०७५, ०६ : ४९
रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक

दुर्लभव वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ । केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो ।

वन्यजन्तु संरक्षणमा समेत हसयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो । २३ औँ वज्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात लामाले के काटेर खेल उद्घाटन गरे । रसुवा सदरमुकामा धुन्चेमा नवौँ रेडपान्डा ट्रफी भलिवल प्रतियोगता र छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर  छ ।

प्रतिक्रिया दिनुहोस