काठमाडौं । आगामी अक्टोबर नोभम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार यूएई र ओमानमा संयुक्त रुपमा हुने टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।
विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
राउण्ड वान अन्तर्गत समूहबी मा रहेको ओमानले पहिलो खेलमा पपुवा न्यु गिनीसंग खेल्नेछ । त्यसै समूहको बंगलादेश र स्कटल्याण्डबीचको खेल पनि पहिदो दिनै हुनेछ । राउण्ड वानमा दुई समूह छ र दुवै समूहको शीर्ष दुई-दुई टिम सुपर १२ मा प्रवेश गर्नेछ ।
सुपर १२ को समूह २ मा रहेको भारतले पहिलो खेलमा पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । सुपर १२ को ग्रुप वानमा अष्ट्रेलिया, साउथ अफ्रिका, इंग्ल्याण्ड र वेष्टइन्डिज छन् । यस्तै ग्रुप २ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् ।
राउण्ड वानबाट गएका टिम सुपर १२ दुवै ग्रुपमा समावेश हुनेछन्।
खेल तालिका
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै