काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् ।
संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ ।माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् ।
महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी कमिटीका नेताहरु बालकोट पुगेका छन् । सरकारले अध्यादेश ल्याउनुअघि नै कुनै कदम चाल्नेबारे समेत ओली छलफलमा छन् ।
एमाले एकताको लागि १० बुँदे सहमतिका आधारमा अघि बढ्ने भने पनि माधव नेपालले समान अधिकारसहितको अध्यक्षबाहेक अन्य कुरामा सहमत नहुने बताएपछि ओली अबको रणनीतिका बारेमा छलफलमा छन् ।
यसबीचमा माधव नेपाल पक्षका वार्ता टोली संयोजक समेत रहिसकेका उपाध्यक्ष भीम रावलले आइतबार महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँग लामो छलफल गरेका थिए ।माधव नेपालका शर्त मान्न ओली तयार नभएपछि एमाले नेताहरु नयाँ रणनीतिका लागि छलफलमा जुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशका बिषयमा कानुनमन्त्रीले दिइन् यस्तो प्रष्टीकरण
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने
राष्ट्रपतिले बोलाए कानुनविद्, अध्यादेशबारे सुझाव माग्ने