काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् ।
संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ ।माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् ।
महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी कमिटीका नेताहरु बालकोट पुगेका छन् । सरकारले अध्यादेश ल्याउनुअघि नै कुनै कदम चाल्नेबारे समेत ओली छलफलमा छन् ।
एमाले एकताको लागि १० बुँदे सहमतिका आधारमा अघि बढ्ने भने पनि माधव नेपालले समान अधिकारसहितको अध्यक्षबाहेक अन्य कुरामा सहमत नहुने बताएपछि ओली अबको रणनीतिका बारेमा छलफलमा छन् ।
यसबीचमा माधव नेपाल पक्षका वार्ता टोली संयोजक समेत रहिसकेका उपाध्यक्ष भीम रावलले आइतबार महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँग लामो छलफल गरेका थिए ।माधव नेपालका शर्त मान्न ओली तयार नभएपछि एमाले नेताहरु नयाँ रणनीतिका लागि छलफलमा जुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
आज पनि बस्दै सत्तारुढ दलको बैठक, भूमि सम्बन्धी अध्यादेशमा छलफल
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त
अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ