बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बर्दिया बाँसगढी निवासी चेतन बोहोरा र प्रदीप चौधरीको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
शव परीक्षणको लागि अस्पतालमै राखिएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३२ साउन २०७८, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते