काठमाडौँ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । ट्रम्पले अफगानिस्तान मामिलामा असफल भएको भन्दै बाइडेनसंग राजिनामा मागेका हुन् ।
अमेरिकी सेनाको बहिर्गमन योजनामा सुझबुझ नपनाउँदा अफगानिस्तान अस्तव्यस्त भएको बताउँदै ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ।’
आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन कूशलतापूर्वक गर्ने उनले दाबी गरेका छन् । बाइडेन प्रशासनले ‘अमेरिका–तालिबान सम्झौता’ ट्रम्पकै पालामा भएको जवाफ दिएको छ । तर सामरिक मामिलाका विज्ञहरुले ‘नीति ट्रम्पको भए पनि अफगानिस्तानको अराजकता’को जिम्मेवारी बाइडेनले लिनुपर्ने बताएका छन् ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि बाइडेनको आलोचना भइरहेको छ । २० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबान फेरि लगभग सत्ता सम्हाल्ने अवस्थामा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३२ साउन २०७८, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प