काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बिहीबारदेखि जारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने भएको छ ।
आजको बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य छानबिन समिति तथा समायोजन समितिको प्रतिवेदनमाथि छलफल हुनेछ । आजको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने एक नेताले बताए ।
शुक्रबारको बैठकमा नेताहरूबीच आरोपप्रत्यारोप भएको थियो । शुक्रबार केन्द्रीय सदस्य धनराज गुरुङले ‘मलाई शेरबहादुर मन पर्छ किनभने..’ शीर्षकको विवादित भिडियोहरूको विषय उठान गरेका थिए । उनलाई बीचैमा रोकेर देउवाले त्यस्तो भिडियो बनाउन बन्द गरिएको बताएका थिए ।
त्यस्तै सभापतिका प्रत्यासीसमेत रहेका शेखर कोइरालाले पूर्वनिर्धारित समयतालिकामा महाधिवेशन गर्न नसकिने भएकाले दुईरतीन महिनापछाडि सार्नुपर्ने धारणा राखेका थिए ।
देउवाले कोइरालाको भनाइमा समर्थन गरेका थिए । रामशरण महतले क्रियाशील सदस्यता वितरणमा भएको विवादबारे बोलेका थिए । शुक्रबार विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० साउन २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन कांग्रेस सहमहामन्त्री परियारको माग
शेरवहादुर देउवालाई कांग्रेस नेताहरुले अझैसम्म किन भेटे्नन् ?
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो