काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बिहीबारदेखि जारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने भएको छ ।
आजको बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य छानबिन समिति तथा समायोजन समितिको प्रतिवेदनमाथि छलफल हुनेछ । आजको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने एक नेताले बताए ।
शुक्रबारको बैठकमा नेताहरूबीच आरोपप्रत्यारोप भएको थियो । शुक्रबार केन्द्रीय सदस्य धनराज गुरुङले ‘मलाई शेरबहादुर मन पर्छ किनभने..’ शीर्षकको विवादित भिडियोहरूको विषय उठान गरेका थिए । उनलाई बीचैमा रोकेर देउवाले त्यस्तो भिडियो बनाउन बन्द गरिएको बताएका थिए ।
त्यस्तै सभापतिका प्रत्यासीसमेत रहेका शेखर कोइरालाले पूर्वनिर्धारित समयतालिकामा महाधिवेशन गर्न नसकिने भएकाले दुईरतीन महिनापछाडि सार्नुपर्ने धारणा राखेका थिए ।
देउवाले कोइरालाको भनाइमा समर्थन गरेका थिए । रामशरण महतले क्रियाशील सदस्यता वितरणमा भएको विवादबारे बोलेका थिए । शुक्रबार विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० साउन २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संसदीय दलको बैठक बस्दै
संसदमा छिर्यो कांग्रेसको विवाद, आज को बोल्ने भन्नेमै अन्यौल
अनुशासन उल्लंघनको आरोप लागेकालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण
कांग्रेस विवादमा शेखर कोइराला पक्षले राखे यस्तो मध्यमार्गी प्रस्ताव
काँग्रेसभित्र देखिएको मतभेद संवादमार्फत समाधान गर्न प्रवक्ता चालिसेको सुझाव
समानान्तर गतिविधिले कांग्रेस संकटमा : गगन पक्ष कारवाही मोडमा