साँघु तर्ने क्रममा नदीमा खसेर २ जना वेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १५ : ०१
साँघु तर्ने क्रममा नदीमा खसेर २ जना वेपत्ता

हुम्ला । काठको साँघु तर्ने क्रममा  चिप्लिएर  नदीमा खस्दा  दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया  सुनिता रावल छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।  उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए । हराइ रहेकाहरुको खोजी  जारी रहेको उनले बताए । 

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।  हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस