काठमाडौँ । ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा रामेछापको खाँडादेवी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका– ७ बस्ने शिवजी खत्री छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवीको टोलीले) सोही ठाउँबाट पक्राउ गरी आज थप कारवाहीका लागि मानगरीय प्रहरीवृत्त कालिमाटीलाई बुझाएको छ ।
उनीमाथि विसं २०६२ मा भगवती लामालाई काठमाडौँको कलङ्कीस्थित आफ्नै डेरा शरीरमा आगो लगाएर मारेको आरोप छ । जलेको अवस्थामा फेला परेकी लामाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सोही समयदेखि खत्री फरार हुँदै आएका थिए । फरार व्यक्ति खोजी गर्ने क्रममा उनलाई ब्युरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक शमकुमार महतोले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ साउन २०७८, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ