सगरमाथोको राजस्वमा एनजीओको हालीमुहाली !

पत्रपत्रिकाबाट

सोमबार, ०३ बैशाख २०७५, ०७ : २९
सगरमाथोको राजस्वमा एनजीओको हालीमुहाली !

पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था एनजीओलाई दिईरहेको खुलासा भएको छ ।

सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम एनजीओलाई विनाप्रतिस्पर्धा पर्यटन फिर्ता गर्ने अधिकार दिएको छ ।सगरमाथा प्रदुषण नियन्त्रष समिति नाम एनजीओलाई बर्षौदेखि हजारौँ डलर धरौटी फिर्ता गर्ने अधिकार दिएको छ । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम २६ बमोजिम अनुसुची ९ मा तोकिएअनुसार फोहोरमैला व्यवस्थापनका लागि न्युनत अमेरिकी डलर ५ सयदेखि ४ हजार धरौटी राख्नुपर्ने व्यवस्था छ । आजको कारोवार दैनिकमा यो खबर छापिएको छ  ।
सगरमाथा प्रदुषण नियन्त्रण समितिले फोहोरमैला व्यवस्थापन गरेको भनी पत्र लेखेकै आधारमा गत बर्षमात्रै ४ करोड ९६ लाख ९ हजार धरौटी फिर्ता दिएको पाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस