काठमाडौँ । सरकारले विश्वविद्यालयका २० वर्षभन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ आज ट्वीट गर्दै विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिए ।
सोमबार पाँच विद्यार्थी सङ्गठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ साउन २०७८, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप