काठमाडौं । नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । ०.९४ अंकले बढ्दै ३,१६२.५९ विन्दुमा रोकिएको छ । झिनो अंकले बढे पनि नेप्सेको विन्दु अहिलेसम्मकै उच्च हो ।
हिजो नेप्से ३,१६१.४४ विन्दुमा पुगेको थियो । आज २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ताको किनबेचमा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ कारोबार भएको छ । आज होटल समूह र हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरैले बढ्न पुगेको छ ।
आज व्यापार समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ साउन २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे