लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेले किन दिए राजिनामा ?

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, ०८ : २२
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेले किन दिए राजिनामा ?

बुटवल । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेता पाण्डेले मंगलबार साँझ राजीनामा दिएका हुन् ।

सांसद पद गुमेपछि सिद्धान्तका आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधि नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको उनले बताए । ‘राजीनामा साँझ इमेलमार्फत मुख्यमन्त्रीलाई पठाएको छु,’ उनले भने ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार बस्दै छ ।

प्रतिक्रिया दिनुहोस