माधव नेपालविनै पार्टी चलाउने ओलीको संकेत

आफुलाई थप सर्वसत्ताबादी बनाउने गरी ओलीले ल्याए विधान संसोधन प्रस्ताव

सफल खबर संवाददाता

मंगलबार, २६ साउन २०७८, ०९ : ११
माधव नेपालविनै पार्टी चलाउने ओलीको संकेत

काठमाडौं । एमाले अध्यक्ष केपी ओली वरिष्ठ नेता माधवकुमार नेपालबिनै पार्टी चलाउने  दिशामा केन्द्रित बनेका छन् । नेपाल समुहको सहभागिता बिनै ओलीले पार्टीको सांगठनिक र राजनीतिक  गतिविधि अगाडी बढाएपछि अब एमाले एक हुने सम्भावना करिब सकिदै गएको छ । नेपाल पक्षले पार्टी एकताको प्रयास अगाडी बढिरहेकोले संगठनात्मक र राजनीतिक निर्णयहरु सहमति नबनेसम्म अगाडी नबढाउन गरेको आग्रहलाई ओलीले एकपछि अर्को गर्दै अटेर गर्दै गएका छन् ।

२३ फागुन २०७७ मा माओवादी केन्द्र र एमाले बीच भएको एकतालाई सर्वोच्च अदालतले बदर गरिदिएपछि ओली एकपक्षिय रुपमा अगाडी बढेका थिए । नेकपाको एकता कायम रहिरहेका भए यतिबेला ओलीको अवस्था एक्दमै नाजुक हुने थियो । तर एकता बदर गर्ने सर्वोच्चको फैसलाले केही राहत ओलीलाई मिलेको थियो । त्यसपछि उनले नेपाल पक्षको सहभागिता बिनै नेपाल पक्षका नेताहरुको अधिकार खोस्ने गरी फागुन २८ मा आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखेर धमाधम निर्णय लिएका थिए । यसले एमालेलाई नराम्रोसँग विवादमा तानेको थियो । त्यो विवाद अहिलेसम्म पनि मिलेको छैन् । तर ओली आफ्नो रणनीति सफल बनाउन एकपछि अर्को गर्दै अगाडी बढेको बढ्यै छन् ।

नेपाल समुहको केन्द्रीय कमिटिले एकताका लागि पहल लिने, अविश्वास सिर्जना गर्ने गरी एक अर्काप्रति कटाक्ष नगर्ने र दुवै पक्षका गतिविधि रोकेर पहिले एकताको काम सक्ने भनेपनि ओलीले त्यसलाई सुनेका छैनन् । उनले एकपक्षिय रुपमा भदौं २७ र २८ मा विधान महाधिवेशन बोलाईसकेका छन् । त्यस महाधिवेशनमा प्रस्तुत गर्नका लागि विधानको मस्यौदा पनि तयार पारेर उनी पक्षको स्थायी कमिटि र केन्द्रीय कमिटिबाट पारित गरेर अब छलफलका लागि तल्लो तहमा पठाउने तयारी गरेका छन् ।

नेपाल समुहका नेताहरुलाई ब्यक्तिगत रुपमा तान्ने तर नेपाल र झलनाथ खनाललाई भने एमालेमा ढिम्कनै नदिने रणनीतिमा ओली लागेको देखिएका छन् । यो सब फेरि पनि उनको पार्टी अध्यक्ष बन्ने र त्यो पनि सर्वशक्तिमान अध्यक्ष बन्ने लालसाले काम गरेको छ । ५ वर्षसम्म आफै मात्र सत्ताको कुर्सीमा बस्ने र त्यहाँबाट झर्ने नपर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्वैधानिक अधिकारको दायरा नाघने गरेर जे मनलाग्दी गर्दै आएका ओलीले नेपाल समुहलाई छोडेरै अगाडी जान चाहेका हुन् ।

विधान महाधिवेशन भन्दा एक महिना अगाडी नै मस्यौदा तल्लो तहमा पठाईसक्नुपर्ने प्रावधानका आधारमा उनले सम्भवत आजै या नभएपनि भोलिसम्ममा केन्द्रीय कमिटिले अनुमोदन गरेको विधानको मस्यौदा छलफल र सुझावका लागि तल्लो कमिटिमा पठाउने तयारी थालेका छन् ।
यसो गर्दा उनले नेपाल समुहका नेताहरुसँग र स्यवं माधव नेपालसँग सल्लाह गर्ने, सुझाव माग्ने र सहभागिता गराउने विषयमा कुनै पहलकदमी लिएका छैनन् ।

गत केन्द्रीय कमिटि बैठकबाट पार्टी एकताको अन्तिम प्रयास गर्ने र त्यसको जिम्मा आफैले लिने भने पनि उनले यो बीचमा कुनै पहलकदमी लिएनन् । बरु एकताका लागि पहल गर्ने अरु नेतालाई पनि मैले त तपाईलाई आफ्नै ठानेको थिए, तर तपाई माधव नेपालको हुनुभएछ भन्दै छाला काढ्ने काम गर्दै आएका थिए ।

आफै शक्तिशाली अध्यक्ष बन्ने दाउ
ओली एकीकृत एमालेको होइन, विभाजित एमालेको आफै अध्यक्ष बन्ने दाउमा छन् । उनले नेपाल सहतिलाई एमालेमा भित्राउँदा र एकता खोज्दा अबको महाधिवेशनमा आफनो भूमिका कमजोर हुन सक्ने र फेरि पनि अध्यक्ष बन्न पाइने, नपाइने संकेत बुझेपछि उनले नेपाल रहितको एमाले बनाउन प्रयास थालेका छन् ।

नेपाल समुहका नेताहरुलाई ब्यक्तिगत रुपमा तान्ने तर नेपाल र झलनाथ खनाललाई भने एमालेमा ढिम्कनै नदिने रणनीतिमा ओली लागेको देखिएका छन् । यो सब फेरि पनि उनको पार्टी अध्यक्ष बन्ने र त्यो पनि सर्वशक्तिमान अध्यक्ष बन्ने लालसाले काम गरेको छ । ५ वर्षसम्म आफै मात्र सत्ताको कुर्सीमा बस्ने र त्यहाँबाट झर्ने नपर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्वैधानिक अधिकारको दायरा नाघने गरेर जे मनलाग्दी गर्दै आएका ओलीले नेपाल समुहलाई छोडेरै अगाडी जान चाहेका हुन् ।

उनलाई उनकै समुहभित्र भित्रभित्रै मक्किरहेको असन्तुष्टिको आवाज जानकारीमा छ । प्रष्टै रुपमा ओली समुहमा देखिन थालेको दुई धारमा माधव नेपालले पार्टीभित्र रहेर खेल्न सक्ने र आफ्नै समुहभित्रको असन्तुष्टिमा खेलेर आफुलाई कमजोर बनाउन सक्ने ठानेर उनी नेपाल बिनाकै पार्टीको रणनीतिमा जुटिसकेका छन् । त्यसैको पछिल्लो कडी हो, विधान महाधिवशेनको तयारी, मस्यौदा लगायतको काम ।

दोहोराएर क्लास नलिएको र अब पनि नदोहोरिने भन्दै उनले अबको महाधिवशेनबाट अध्यक्ष नउठ्ने बताएका थिए । म अब प्रधानमन्त्री पनि बन्ने होइन, अबको महाधिवेशनबाट पनि अध्यक्ष पनि उठ्ने होइन भन्दै आएका ओलीले फेरि एमालेभित्र अध्यक्ष बन्ने लालचा देखाएका छन् ।त्यहीकारण उनले विधानमा अध्यक्षलाई शक्तिशाली बनाउने गरी अधिकार जति आफैमा केन्द्रीत गर्ने गरी प्रस्ताव अगाडी ल्याएका छन् । तर त्यस्तो प्रस्ताव आउँदा सम्म ओलीको अगाडी निरीह देखिएका केन्द्रीय सदस्यहरु नुन खाएको कुखुरो झै चुपचाप बसेका छन् ।

भदौ २७ र २८ का लागि तय भएको विधान महाधिवेशनमा पेस गर्न तयार गरिएको विधान संशोधन मस्यौदामा अहिलेको संरचनामा व्यापक हेरफेर गरेका छन् । जसमा उनले अध्यक्षलाई सबै अधिकार केन्द्रीत गरेका छन् । उनले नेपाल र खनाललाई बाहिर राखेर पार्टीको महाधिवेशन गर्न सकिए आफुलाई काउन्टर दिने नेता एमालेभित्र तत्काल नरहेको र स्वत अध्यक्ष बन्ने अपेक्षा उनमा छ । तर पदाधिकारीको पनि चुनाव गर्दा आफ्नो योजना भन्दा प्रतिकुल हुने गरी पदाधिकारी आउन सक्ने ठानेर उनले पदाधिकारी सबै मनोनित गर्ने गरी अधिकार अध्यक्षमै केन्द्रीत गर्न खोजेका छन् ।

अहिले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, स्थायी कमिटिमा ओलीलाई आफु अनुकुल हुने गरी काम गर्न साह्रै अप्ठ्यारो थियो । माधव नेपाल पक्षका नेताहरुको बाहुल्यता पदाधिकारीमा थियो । सोही कारण पनि उनले अब मनोनितको ब्यवस्था गर्ने गरी आन्तरिक जनवाद खुम्चाउने प्रस्ताव विधान मस्यौदामा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस