काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। ‘अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौँ । पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउने छौँ,’ भट्टराईले भने, ‘साथै लोकतान्त्रिक प्रक्रियालाई फेरी लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौँ ।’
जेन जेड पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी गराए । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था राजनीतिक दलहरुबीच सहानुभूति र सहकार्यको आवश्यकता रहेको पनि बताए ।
‘जुन ढंगले संरचनाहरू क्षति भएका छन् । देशभरको क्षतिको विवरण हामी लिँदै छौँ । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ । संरचना, कागजात र गाडीहरू पनि जलेका छन् । अरु दलहरूका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ । हिजो हामीले नेपाली काँग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौँ,’ उनले भने, ‘आज काँग्रेसका उपसभापति लगायत नेताहरू आएर हाम्रो पार्टी कार्यालयहरूको अनुगमन गर्नुभएको छ । यो बेलामा पार्टीहरूबीच सहानुभूति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देश भरी जहाँपनि संरचनाहरू जलेका छन् । त्यसका लागि दुःख र सहानुभूति व्यक्त गर्दर्छौं ।’
बुधवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस नेताहरुले एमालेको क्षतिग्रस्त केन्द्रिय कार्यालयका संरचनाहरूको अवलोकन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, १८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
एमाले संवैधानिक राजनीतिक निकासको बाधक बन्दैन: योगेश भट्टराई