मस्को/जकार्ता । शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् । दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले बारम्बार भूकम्पीय गतिविधिको सामना गर्दै आएका छन् ।
रुसमा ७.८ म्याग्निच्युडको भूकम्प कामचटका प्रायद्वीपको तटमा महसुस भएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
राजधानी पेट्रोपाभ्लोभस्क–कामचाट्स्कीबाट एक सय २८ किलोमिटर पूर्वमा र १० किलोमिटर गहिराइमा आएको यो भूकम्पका कारण भवनहरू हल्लिएका थिए । रुसी जियोफिजिकल सेवाले यसलाई ७.४ म्याग्निच्युडको अनुमान गर्दै कम्तीमा पाँच वटा परकम्प आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस