काठमाडौं । अन्तरिम चुनावी सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेट मन्त्री छान्नका लागि ५ बुँदे मापदण्ड तयार पारेकी छिन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, सिँचाइ तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा भवन निर्माणमन्त्री कुलमान घिसिङ अनि गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेर त्यस्तो ५ बुँदे मापदण्ड तयार पारेकी हुन् ।
उनले त्यस आधारमा उपयुक्त हुनसक्ने ब्यक्तिहरुको नाम प्रस्तावित गर्न मन्त्रीहरुलाई समेत निर्देशन गरेकी छिन् । मन्त्रीहरुले प्रस्तावित गरेका नाममा पनि सामुहिक छलफलका आधारमा मापदण्डभित्र रहेर निश्कर्षमा पुग्न सकिने प्रधानमन्त्री कार्कीले बताएकी छिन् ।
उनले अब ७ जना मात्रै मन्त्री बनाउने र आफुसहित ११ जनाको मन्त्रीमण्डल रहने विषयमा भने संख्या टुंगो लगाईसकेकी छिन् ।
उनले परराष्ट्रसहित एक, सञ्चार सहित १, श्रम रोजगार र खानेपानीसहित १, कृर्षि, बन, भूमि हुने गरी १, सस्कृित– पर्यटन, उधोगसहित १, महिला बालबालिका युवा खेलकुद्द हुने गरी १ र शिक्षा, स्वास्थ्य र संघीय मामिला हुने गरी १ गरी सात मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन् । केही मन्त्रालय यता उता हुने गरी विषयविज्ञताका आधारमा संयोजनको जिम्मेवारीमा हेरफेर गर्न सकिने गरी मिलाउने तयारी भएको कार्की निकट स्रोतले बताएको छ ।
त्यसो गर्दा रक्षा मन्त्रालय भने प्रधानमन्त्री कार्की आफैले राख्ने गरी तयारी गरेकी छिन् । २०६२÷०६३ को जनआन्दोलन अगाडीसम्म पनि धेरैजसो प्रधानमन्त्रीले नै रक्षा मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने गरेकोले कार्कीले पनि उक्त मन्त्रालय भने आफैंसँग राख्न चाहेकी छिन् ।
अहिले कार्की नेतृत्वको मन्त्रीपरिषद् ४ सदस्यीय छ । उनले भदौं २९ गते खनाल, घिसिङ र अर्याललाई मन्त्री नियुक्त गरेर आफ्नो मन्त्रीपरिषद् ४ सदस्यीय बनाईसकेकी छिन् । अब बाँकी ७ जना मात्रै मन्त्री राख्ने र त्यसभन्दा ठूलो मन्त्रीमण्डल नबनाउने उनले घोषित रुपमा नै बताईसकेकी छिन् ।
बुधबार कार्कीसहित उनको क्याबिनेटका मन्त्रीहरुका बीचमा मन्त्रीको संख्याका बारेमा टुंगो लागेको बताइएको छ । मापदण्ड तय गरिसकेकी कार्कीले आज बिहिबार दिनभरजसो एउटा गृहकार्य गरेर भोलि शुक्रवार बेलुकीसम्म मन्त्रीमण्डल विस्तार गरिसक्ने गरी आन्तरिक छलफल तीव्र पारेकी छिन् । ‘सम्भबतः शुक्रवार बेलुकीसम्म मन्त्रीमण्डललाई पूर्णता नै दिने गरी विस्तारको आन्तरिक तयारी छ । मापदण्ड के कसरी बनाउने भन्ने टुंग्गो लागिसकेको छ । संख्या कति बनाउने पनि टुंग्गिसकेको छ । अव त्यही मापदण्डका आधारमा मन्त्रीको टुंग्गो लगाएर मन्त्रीमण्डललाई पूर्णता दिइन्छ’ कार्की क्याबिनेटका एक मन्त्रीले सफलखबरसँग भने ।
के छन् मन्त्री छान्ने ५ बुँदे मापदण्ड ?
कार्कीले अबको मन्त्रीमण्डल विस्तार गर्दा ५ बुँदे मापदण्डका आधारमा मात्र विस्तार गर्ने तयारी गरेकी छिन् । त्यसो गर्दा उनले समावेशीतालाई प्राथमिकता दिने भएकी छिन् । अब बनाइने ७ मन्त्रीमध्ये ४ जनामा एक जना दलित, एक जना पिछडिएको क्षेत्रका, एक जना थप जनजाती र एक जना महिला तर्फबाट मन्त्री बन्नेछन् । यो विषयमा उनले प्रष्ट पारिसकेकी छिन् । बाँकी ३ जना भने जुनुकुनै समुदायका भएपनि त्यसमा समावेशीता नखोजिने गरी मापदण्ड बनाइएको स्रोतको दावी छ । त्यसो हुँदा उनको मन्त्रीमण्डल विस्तारको पहिलो मापदण्ड समावेशीतालाई प्राथमिकता दिने गरी बनाइएको छ ।
उनले क्याबिनेट विस्तार गर्दा बनाएको दोस्रो मापदण्ड हो – स्वच्छ छवि । पूर्वप्रशासक, सुरक्षा निकायमा काम गरिसकेकादेखि सामाजिक क्षेत्रमा चर्चित स्वच्छ छवि भएका केही व्यक्तिहरूलाई उनले मन्त्री बनाउने योजना बनाएकी छिन् । यसलाई उनले आफनो मापदण्डमा नै समेटेकी छिन् ।
मन्त्री छान्न बनाइएको तेस्रो मापदण्ड हो– दलीय आबद्धता नभएको ब्यक्ति । कुनै पनि राजनीतिक दलमा आवद्द नभएको गैह्रदलीय ब्यक्तिलाई मात्रै मन्त्री बनाउने उनको मापदण्डको तेस्रो बुँदामा छ । राजनीतिमा नलागेको स्वतन्त्र व्यक्ति हुनुपर्ने गरी उनले मापदण्ड तय गरेकी छिन् । त्यसो हुँदा कुनै पनि राजनीतिक दलमा लागेका ब्यक्तिले कार्की नेतृत्वको मन्त्रीमण्डलमा अवसर पाउने छैनन् । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले रहेका ठूला भनिएका राजनीतिक दलका एक एक जनालाई मन्त्री बनाएर निर्वाचनमा उनीहरुको पनि साथ लिएर जान गरेको आग्रहलाई प्रधानमन्त्री कार्कीले अश्वीकार गरेकी छिन् । उनले दलमा आवद्दता भएका ब्यक्तिलाई सरकारमा नलिने बताएकी छिन् ।
चौथो मापदण्ड हो – विषय विज्ञता र जनताको विश्वास जितेका व्यक्ति । उनले अहिले क्याबिनेटमा अर्थमन्त्रीमा खनाल, उर्जामन्त्रीमा घिसिङ, कानुन मन्त्रीमा अर्याललाई यही मापदण्डका आधारमा छानेकी थिइन् । खनाल अर्थका बारेमा राम्रो जानकार रहेको, अर्याल कानुनका विज्ञ र घिसिङ जनताको मन पनि जितेको र उर्जा क्षेत्रमा विषय विज्ञतासमेत हासिल गरेको ब्यक्ति भएका आधारमा उनले सरकारमा सहभागी गराएकी थिइन् । त्यही आधारमा उनले धरानका मेयर हर्क साम्पाङलाई मन्त्री बन्ने भए खानेपानी र श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दिन चाहेकी थिइन् । तर हर्कले गृहमन्त्री ताकेको र उक्त पद नपाउँदा मन्त्री पद अश्वीकार गरेर धरान फर्केको बताइएको छ । उनले सन्दुक रुइतलाई पनि स्वास्थ्य लगायतको मन्त्री बनाउन चाहेकी थिइन् । तर रुइतले पनि नमानेका थिए । कार्कीले विषय विज्ञता भएकालाई मापदण्डमा समेटेकी छिन् ।
र, पाचौ उनले बनाएको मापदण्डमा आगामी चुनावमा नलड्ने ब्यक्तिलाई मन्त्री बनाउने भन्ने छ । निर्वाचनमा नजाने मानिस लाई मन्त्री बनाउने पाचौं मापदण्ड उनले बनाएकी छिन् । अन्तरिम चुनावी सरकारमा बसेर निर्वाचनमा पनि जाने कोही भएमा उसले पदीय दुरुपयोग गरेर निर्वाचनमा जान सक्ने भएकाले त्यसलाई रोक्न पनि आफुले आफनो क्याबिनेटमा सहभागी गराउन
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, ११ : ३१
लेखकबाट थप