सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, १२ : ४२
सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको  सुनको सिक्रि चोरेर भाग्दै गरेको अवस्थामा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरुको सहयोगमा अन्जितलाई पक्राउ गरेको हो ।      
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस