ओली समुहमै अन्तरविरोध, देखियो दुई धार

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, ०८ : ४५
ओली समुहमै अन्तरविरोध, देखियो दुई धार

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिल्ने भन्दा छुटिट्ने दिशातिरै केन्द्रीत छ । अध्यक्ष केपी ओलीले आफु भन्दा अगाडी पार्टीको लामो समय नेतृत्व गरिरहेका वरिष्ठ नेताद्दय झलनाथ खनाल र माधव नेपाललाई पार्टी बाहिरै राखेर खनाल नेपाल समुहमा रहेका अन्य नेतालाई अलग अलग डिल गर्दै आफ्नो समुहमा भित्राउने रणनीति लिएपछि थप अविश्वास सिर्जना भएको छ ।

ओलीले नेपाल समुहमा रहेका प्रभावशाली नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे , योगेश भटटरार्इ र घनश्याम भुषाललगायतका नेताहरुलाई ब्यक्तिगत रुपमा डिल गर्दै अनेक आश्वासनको पुलिन्दा बाड्न थालेपछि नेपाल समुहका नेताहरु पनि मोहित हुन थालेका छन् । तर ओलीले नेपाल र खनाल पार्टीभित्र रहे आफनो वर्चश्व गुम्ने र फेरि पार्टीमा रहेको आफ्नो पकड गुम्ने ठानेपछि उनले यी दुई नेतालाई भने पार्टी बाहिरै राख्ने गरी आक्षेप लगाउने, मिल्नै नदिने रणनीति लिईरहेका छन् ।

यो कुरा बुझेका माधव नेपालले पनि ओलीसँग झुक्ने होइन, जमेर प्रतिरोध गर्ने रणनीति बनाएका छन् । ओलीले एकपक्षिय रुपमा पार्टी बैठक राख्ने, निर्णयहरु धमाधम लिने, नगर वडा सम्मेलनहरु गर्ने , सदस्यता वितरण र नवीकरणका काम अगाडी बढाउने जस्ता काम गरेपछि नेपालले पनि त्यसलाई काउन्टर दिने रणनीति बनाएका छन् ।’ अब हामीले पनि  माथि केन्द्रीय कमिटी घोषणा गर्न के को अप्ठ्यारो छ ? ७७ जिल्लामा संरचना छँदैछ । प्रदेशमा संरचना बनाए भैगो । जनवर्गीय संगठन छँदैछ । सबै साथीहरूको मनोबल उच्च छ ।’

ओलीले पार्टी विवाद मिलाउनु पर्छ भन्ने पक्षमा रहेका आफ्नै समुहभित्रका विष्णु पौडेल र सुवास नेम्वाङलाई सम्म आफ्नो पक्षको नभई नेपालको मान्छे भएको आरोप लगाउन भ्याईसकेका छन् । ओली समुहमा सुवास, विष्णु, पृथ्वीसुब्बा गुरुङ, लगायतका नेताहरु पार्टी विवाद मिलाउन जे त्याग गर्दा हुन्छ गर्नुपर्ने पक्षमा उभिएका छन् । तर त्यसो भन्ने नेताहरुलाई अहिले ओलीले भन्न् थालेका छन्,  ‘ए म त तपाईंहरू आफ्नो मान्छे ठान्या थिए नेपालको पक्ष लिँदै हुनुहुन्छ ?’ भन्दै प्रश्न गर्न थालेका छन् । इश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताहरु भने अब नेपाललाई पार्टी भन्दा बाहिरै राखेर जानुपर्ने पक्षमा उभिएका छन् ।

माधव नेपालको प्रष्ट धारणा छ,–‘ केही साथीहरूको मनोबल कमजोर हुन्छ होला । हिजो साथमा आएका मान्छे लालबाबु पण्डित गइदिए । कृष्णभक्त पोखरेल कुर्लीकुर्ली सर्वोच्च अदालतमा गएर बहस गर्ने मान्छे भागे, गर्ने के त ? हुन्छ,यस्ता मान्छेहरू भाग्छन । टिक्ने टिक्छन्, भाग्ने भाग्छन् । तर हामी अगाडी बढ्नुपर्छ ।’ नेपाल सितिमिति ओलीसँग झुक्ने पक्षमा छैनन् । नेपालले लिएको बाटोले एमालेभित्रको केपी ओली समुहमै अहिले अन्तरविरोध सिर्जना भएको छ । त्यहाभित्रै दुई धार देखिएको छ ।

ओली समुहमा दुई धार : ओलीलाई पनि सकसै
पार्टीभित्रको विवाद मिलाउने या लथालिंग छोडने, पार्टीलाई विभाजनमा जानदिने या एकताबद्ध बनाएर जाने भन्नेमा ओली समुहभित्रै दुई धार देखिएको छ । ओली आफैले नेपाललाई दोस्रो अध्यक्ष दिने प्रस्ताव यस अगाडीको केन्द्रीय कमिटिको बैठकमा गरेका थिए । तर त्यसबाट उनी फेरि एकाएक पछि हटे । ओलीले अब त्यो च्याप्टर क्लोज भएको बताएपछि ओली समुहभित्रै अन्तरविरोध देखा पर्न थालेको छ ।अझ ओलीले पार्टी विवाद मिलाउनु पर्छ भन्ने पक्षमा रहेका आफ्नै समुहभित्रका विष्णु पौडेल र सुवास नेम्वाङलाई सम्म आफ्नो पक्षको नभई नेपालको मान्छे भएको आरोप लगाउन भ्याईसकेका छन् ।

ओली समुहमा सुवास, विष्णु, पृथ्वीसुब्बा गुरुङ, लगायतका नेताहरु पार्टी विवाद मिलाउन जे त्याग गर्दा हुन्छ गर्नुपर्ने पक्षमा उभिएका छन् । तर त्यसो भन्ने नेताहरुलाई अहिले ओलीले भन्न् थालेका छन्,  ‘ए म त तपाईंहरू आफ्नो मान्छे ठान्या थिए नेपालको पक्ष लिँदै हुनुहुन्छ ?’ भन्दै प्रश्न गर्न थालेका छन् । इश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताहरु भने अब नेपाललाई पार्टी भन्दा बाहिरै राखेर जानुपर्ने पक्षमा उभिएका छन् । नेपाल पार्टीभित्र आएमा फेरि पनि नेतृत्वमा आफु आउन नसक्ने ठानेर यी नेताहरुले नेपाललाई पार्टी बाहिरै राख्न खोजिरहेका छन् ।

विवाद मिलाउन दुई अध्यक्षमा जाने र निर्णय प्रक्रियामा पनि दुवैको हस्ताक्षर चलाउने गरी सहमतिको प्रयासमा जुटिरहेका विष्णु पौडेल र सुवास नेम्वाङ लगायतका नेतालाई इश्वर पोखरेल, शंकर पोखरेलहरुले समेत हपारेका छन् । नेपाल समुहलाई पार्टीभित्र समेटेर विवाद मिलाउने या अलग भएर जान दिने भन्नेमा देखिएको चर्को अन्तरविरोधले यतिखेर ओली मसुहभित्रै धमिरा लाग्न थालेको छ । ओलीले पार्टीमा जे भनेपनि त्यही मान्नुपर्ने र त्यसलाई मानेर जानुपर्ने दास मनोवृत्ति भएका मानिसहरु मात्र ओली समुहमा अटाउने खालका देखिन थालेको छ ।

आलोचना गर्नेलाई उक्त समुहभित्र बोल्ने सम्म छुट नहुन थालेपछि चरम असन्तुष्टि भित्रभित्र सल्किएको छ । ओली समुहमा रहेका नेताहरु सबैजसो कुनै न कुनै रुपमा बदनाम भएका कारण पनि ओली समुहभित्र मनोबल एकदम कमजोर देखिन थालेको छ । सत्ताको उन्मादमा रहदा सबै आफैं ठानेका नेताहरु ओली सत्ताबाट बाहिरिएसँगै पार्टी जनताका बीचमा नराम्रोसँग गिरेको महसुस गर्न थालेका छन् । त्यही कारण पनि  ओली समुह दुई धारमा बाँडिदैं जान थालेको छ ।