काठमाडौँ । आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित सांसद भवनमा बस्ने बैठकमा विभिन्न कार्यसुची पेश हुनेछ । विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६ र ०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्न कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ साउन २०७८, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन