काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेको बताइएको छ ।
उनको साथबाट ४१२ ग्राम यार्सागुम्बा र ६५० ग्राम सिलाजित तथा १०० ग्राम रातो केशरीजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । काँकडभिट्टाबाट काठमार्डौँ आउँदै गरेको ना७ख २१११ नंको बसलाई नागढुङ्गामा जाँच गर्ने क्रममा झोलाभित्र लुकाई ल्याएको उक्त जडीबुटी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २३ साउन २०७८, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ