सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन, जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन् : विनोद चौधरी

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १६ : ४८
सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन, जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन् : विनोद चौधरी

फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा अर्बपति व्यापारी बिनोद चौधरीले भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले स्वास्थ्य भन्दा ठूलो कुरा केही हुन नसक्ने भन्दै कोरोना संक्रमण बढिरहेको बेला सबै सावधान हुनुपर्नेमा जोड दिएका छन्  ।

‘सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन’, उनले ट्वीटरमा भनेका छन्, ‘जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।’

यसअघि स्वास्थ्य राज्यमन्त्रीले पनि भौतिकरुपमै परीक्षा सञ्चालन गर्नेबारे पुर्नविचार हुने बताएका छन् । हाल विभिन्न तहका परीक्षा भौतिक रुपमै भइरहेका छन् भने केही सञ्चालनको तयारी भइरहेको छ । तर पछिल्लो दिनमा संक्रमण देशव्यापी बढिरहेको छ । 

प्रतिक्रिया दिनुहोस