धनगढी । कैलालीमा सशस्त्र प्रहरीका एक जवान कार्यालय परिसरमै मृत फेला परेका छन्।
धनगढी उप–महानगरपालिका – १ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत डडेल्धुरा भागेश्वर गाउँपालिका – १ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिशकुमार शाही बुधबार बिहान मृत फेला परेका हुन्।
उनी कार्यालय परिसरको उत्तरपट्टीको कम्पाउण्ड नजिकै पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ हजार ८१३ जना प्रहरी जवानको पदस्थापन (सूचीसहित)
आफैंलाई गोली हानेका प्रहरीजवान बिष्टको उपचारको क्रममा मृत्यु
आफैँलाई गाेली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु