‘अर्ली महाधिवेशन’बाट किन पछि हटे कांग्रेस युवा नेता ?

पत्रपत्रिकाबाट

आइतबार, ०२ बैशाख २०७५, ०७ : ५४
‘अर्ली महाधिवेशन’बाट किन पछि हटे कांग्रेस युवा नेता ?


काठमाडौं । स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवानेताहरु 'अर्ली महाधिवेशन' एजेण्डाबाट पछि हटेका छन् ।

तीनवटै तहको निर्वाचनमा पार्टी पराजय हुनुको कारण पार्टी सभापति र उनको कर्यक्षमता रहेको बताउँदै आएका युवाहरुको समूह अर्ली महाधिवेशनको नाराबाट पछि हट्ने भएका हुन् ।

राजधानी दैनिक लेख्छ- सरकारमा रहँदा र सरकार बाहिर रहँदासमेत नेतृत्वबाट पार्टी हितविपरीतका निर्णय लिएका कारण निर्वाचनमा पार्टीले पराजय भोगेको युवा समुहको निस्कर्ष छ ।

तर, सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षाका लागि भन्दै गत ९ चैतबाट बैठक डाकेर खुला बहस  सुरु गराएपछि महाधिवेशनको मुद्दा एकाएक सेलाउन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस