प्रदेशमा डीआईजी नै प्रमुख

पत्रपत्रिकाबाट

आइतबार, ०२ बैशाख २०७५, ०७ : ४९
प्रदेशमा डीआईजी नै प्रमुख


प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको सख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पताल बाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् ।

डीआईजी बस्ने कर्याालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनायल, त्रिुभुवन अन्र्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाईसकेका छन् ।

गृहले डीआईजीलाइ नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाईसकेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस